‘प्रशान्त उर्जावान, योग्य र सक्षम युवा नेता हो’
Sunday, May 8th, 2022, 5:55 pm
Kalpristha
कांग्रस बाँकेका पूर्वसभापति यूवराज शर्मा
निर्वाचनआउन अब करिबपाँच दिन बाँकी छ । उम्मेदवारहरु प्रचारप्रसार र घरदैलोमाव्यस्त छन् । बाँकेका ८ वटै स्थानीय तहमा उम्मेदवारले आफ्नो प्रचार प्रसार गरिरहेका छन् । नेपाली कांग्रेसले ८ वटै पालिकामा आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन आफ्ना सबै संयन्त्र परिचालन गरिरहेको छ । नेपालगन्ज उप–महानगरपालिका र समग्र बाँके जिल्लामा कांग्रेस उम्मेदवारको अवस्थालगायत विविध विषयमा राष्ट्रिय सभा सदस्य एवम्कांगे्रस बाँकेका पूर्वसभापति यूवराजशर्मासँग गरिएको कालपृष्ठ संवादः
तपाई पनि उम्मेदवारसँगै घरदैलोमा पुगिरहनु भएको छ,कांग्रेसप्रति मतदाताको दृष्टिकोण कस्तो पाउनु भएको छ ?
मतदातामा कांग्रेसप्रति उत्साहित देखिन्छन् । उहाँहरुको प्रतिक्रियाबाट हाम्रा उम्मेदवार उत्साहित हुनु भएको छ ।पछिल्लो समय कांग्रेसप्रति बढी जनलहर देखिएको छ । योभनेकोे लोकतन्त्रको सफलताहो । हामीसँग नेपालगन्ज र खजुरामा गठबन्धन बनेको छ । यो गठबन्धन नयाँ प्रयोगहो । यो गठबन्धन सफलभयो भने २० वर्षसम्म जान्छ भनेर प्रचण्ड जीले पनिभन्नुभएको छ ।
गठबन्धन गर्नुपर्ने आवश्यकता किन भयो ?
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकाकारण गठबन्धन बनेको हो । हाम्रो लडाई सोचको हो, व्यक्तिगतहोइन ।हामी जोसँग पनिमिलेर जान सक्छौ । हाम्रो विरोध भनेको राजतन्त्रपुनस्र्थापना गर्नेप्रति हो । ओलीले यसको सर्मथनगर्नुभएपछि हामीदुःखीभएकाहौँ ।
नेपालगन्ज उप–महानगरपालिकाको निर्वाचनलाई कसरी हेरिरहनुभएको छ ?
हाम्रो प्रतिस्पर्धा भनेको सोच सँगको होे । संविधानको र जनताको अधिकारको रक्षाकालागिहो । विगतमाहामीले एमाले पार्टीलाई पनि हेर्यौं । दुई तिहाईको सरकारलाईपनि हेर्यौँ । हामीले राप्रपालाई पनि हेर्यौं । जनता यति अगाडि बढिसक्यो कि पुरातनवादी सोचलाई जनताले अब विश्वास गर्दैन । कतिले भ्रष्टाचार गरेकापनि सुनिए । सबैभन्दा ठुलो कमजोरी एमालेले देखायांै । त्यसैले पनि यो निर्वाचनकांग्रेसले जित्नैपर्छ भन्ने लाग्छ र महत्वपूर्ण पनि छ । नेपालगन्जको निर्वाचन हाम्रो पक्षमा गईसकेको छ । ठूलो मतअन्तरले हाम्रा उम्मेदवारले चुनाव जित्दै हुनुहुन्छ ।
नेपालगन्जको नगर प्रमुखर उपप्रमुख पदका उम्मेदवार कत्तिको योग्य हुनुहुन्छ?
मैले सबै उम्मेदवारलाई राम्ररी चिनेको छु । प्रष्ट भाषामाभन्नुपर्दा कांग्रेसहित गठबन्धनका तर्फबाट नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दीन राई जनताको काम गर्ने व्यक्ति हुन् । अन्य उम्मेदवार भन्दा म चाही गठबन्धनका उम्मेदवार प्रशान्त र कमरुद्दीनलाई छनोट गर्छु ।
नेपालगन्ज उप–महानगरपालिकामा जनताले कांग्रेसलाई भोट किन दिने ?
कांग्रेससहित गठबन्धनको साझा उम्मेदवार प्रशान्त विष्ट उर्जावान, योग्य र सक्षम युवा नेता हो । एउटा कारण त उहाँपहिलेदेखि नै एउटै पार्टीमाभएर कामगर्नुभएको हो । कामगर्न सक्ने क्षमताभएको, जोश जाँगर भएको युवाभएकाकारण पनिउहाँलाई सहयोग गर्नुपर्छ । अर्को कारण यसपटक पाँच दलबीच गठबन्धन बनेको छ । यसपटक नजिते कहिले जित्ने ?
विष्टले नगर प्रमुखमा जित्नु भयो भने नेपालगन्जका लागि मुख्यरुपमा के काम गर्न आवश्यक छ ?
यसकालागि त सबैले आ–आफ्ना योजनासहितका घोषणा पत्र सार्वजनिकगरी सक्नुभएको छ । निर्वाचित भएपछि आफूले घोषणा गरेका योजना कार्यान्वयनगर्नुस् यतिभयो भने नेपालगन्जलाई पुग्छ । नेपालगन्ज देशमा एउटा राम्रो नमुनाशहर बनोस् ।