३४ स्थानमा मतदान स्थगित
Friday, May 13th, 2022, 7:48 pm
Kalpristha
शुक्रबार देशभरमा स्थानीय निर्वाचन–२०७९ सकिएको छ । तर नेपाल प्रहरीका अनुसार देशभरका ३४ स्थानमा भने मतदान स्थगित गरिएको छ । जसमा सबैभन्दा बढी सुदूरपश्चिमका १० मतदान केन्द्रमा मतदान स्थगित गरिएको हो ।
लुम्बिनी प्रदेशमा भने शुक्रबार तय भएका सबै मतदान स्थानमा मतदान कार्य सम्पन्न भएको छ । जसका बारेमा शुक्रबार साझ विज्ञप्ति नै निकालिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीका अनुसार झडपको अवस्था आएपछि मतदान केन्द्रहरुमा मतदान कार्य नै स्थगित भएको छ । तर स्थगित भएका स्थानमा निर्वाचन आयोगले नयाँ निर्वाचनको मिति घोषणा भने गरेको छैन ।
मदतान स्थागित हुनेमा प्रदेश १ मा १ स्थान, मधेस प्रदेशमा ९ स्थान, बागमती प्रदेशमा ७ स्थान, कर्णाली प्रदशमा ३ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
विज्ञप्तिमा, ‘हुम्ला, बारा, बाजुरा, गोरखा, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिरहा, सर्लाही, बझाङ, रोल्पा, सप्तरी, रौतहट, जुम्ला, तनहुँ, पर्वत, दैलेखलगायतका कतिपय निर्वाचन केन्द्रहरूमा हिंसात्मक घटनाहरू भई प्रहरीहरूद्वारा हवाई फायर नै गर्नुपर्ने अवस्थाहरूको सिर्जना भएको पाइयो, जसले निर्वाचनमा आयोगले प्रचार गरेबमोजिम निर्वाचन सुरक्षामा पनि सवाल उठेको छ । कतिपय स्थानहरू मतदान स्थगन भई फेरी निर्वाचनको दिन तोक्नुपर्ने अवस्था सिर्जना भएको छ’ भनिएको छ ।