दाङका अधिकांस स्थानीय तहमा कांग्रेस अगाडि
Saturday, May 14th, 2022, 12:11 pm
Kalpristha
दाङका दश स्थानीय तहहरु मध्य ८ पालिकाहरुमा मतगणना सुरु भएको छ । जिल्लामा लमही नगरपालिकासहित राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका मतगणना भइरहेको लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
प्रारम्भीक मतपरिणाम अनुसार सात पाकिाहरु मध्य अधिकांस पालिकाहरुमा नेपाली कांग्रेसको अग्ररता देखिएको छ । कांग्रेसले लमही नगरपालिकासहित दंगीशरण,बंगलाचुली गाउँपालिका, शान्तिनगर, बबई गाउँपालिकामा अग्रता लिएको छ ।
दंगीशरणमा ६ सय मत गणना हुँदा कांग्रेसका उम्मेदवार शम्भु गिरीले ३२८ मत ल्याउनुभएको छ भने एमालेका मेघनाथ शाहले १८२ मत ल्याउनुभएको छ ।
बबई गाउँपालिकामा ७५० मत गणना हुँदा कांग्रेसका उम्मेदवार कुलबहादुर केसीले २९४ र एमालेका उम्मेदवार भुवनेश्वर पौडेलले २४४ मत ल्याएनुभएको छ । अन्य पालिकाहरुमा मत परिणाम आउने क्रम जारी रहेको छ । त्यसैगरी राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्र र गढवा गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको ।
बंगलाचुलीको पराम्भीक मत परिणाम अनुसार गठबन्धनका उम्मेदवार अगाडी हुनुहुन्छ । बंगलाचुलीमा १५० मत गणना हुँदा गठबन्धनका तुलसीराम पुनले २४ र एमालेका भेषराज खत्रीले २३ मत ल्याउनुभएको छ ।
त्यसैगरी घोराही उपमहानगरपालिकामा मतगणनाको तयारी भइरहेको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । तुलसीपुर उपमहानगरपालिकामा भने वडा नं. १७ मा जेठ ३ गते निर्वाचन भएपछि मात्रै मतगणना गरिने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का एमालेका वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्युपछि उक्त वडामा जेठ ३ गते निर्वाचन हुने भएको छ । शुक्रबार भएको निर्वाचनमा दाङमा ७१ .१६ प्रतिशत अर्थात २ लाख ८३ हजार ९८ मत खसेको लुम्विनी प्रदेश कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ । दाङमा ४ लाख ३ हजार ६ सय ८३ मतदाता रहेका छन् ।