डोल्पामा एमाले ४ र कांग्रेस २ वडामा विजयी
Saturday, May 14th, 2022, 12:42 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, वैशाख ३१
ठूलिभेरी नगरपालिका वडानम्वर १ को अध्यक्षमा नेपाली काँग्रेसका तेजेन्द्र बहादुर रोकाया विजयी भएका छन ।
उनले १ सय ७ मत ल्याएर विजयी हुँदा दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार विरबहादुर रोकायाले ९६ मत पाए । यसैगरी त्रिपुरासुन्दरी नगरपालिका १ को वडाअध्यक्षमा नेकपा एमालेका रामचन्द्र कुलाल विजयी भएका छन ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका हेमराज हमालले २ सय २७ र नेपाली काँग्रेसका राजिमान सार्कीले १ सय ७२ मत पाए ।
यसैगरी माओवादीको आधार इलाका मानिएको जगदुल्ला गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका शेरबहादुर लामा, वडा नम्बर २ मा नेपाली काँग्रेसका भानुभक्त बुढा, वडा नम्बर ३ मा नेकपा एमालेका भक्तबहादुर बोहरा र वडा नम्बर ४ मा भिमप्रसाद बोहरा विजयी भएका छन ।
जिल्ला निर्वाचन मुख्य अधिकृत केशवराज चपाईका अनुसार मुड्केचुला गाउँपालिकामा पनि मतगणना शुरु भइरहेको र प्रारम्भिक नतिजा आईसकेको छैन ।
उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिका र शे फोक्सुण्डो गाउँपालिकाका मतपेटिकाहरु नेपाली सेनाको हेलिकप्टेर मार्फत सदरमुकाम दुनैमा ल्याउने काम भइरहेको पनि मुख्य निर्वाचन अधिकृत चपाईले जानकारी दिए ।