रोकिएको मतगणना २४ घन्टापछि सुरु
Sunday, May 15th, 2022, 9:38 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १ जेठ
त्रिपुरासुन्दरी नगरपालिकामा रोकिएको मतगणना २४ घन्टा पछि बल्ल सुचारु भएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका वडानं २ को मतपत्र गणना गर्नेक्रममा २ सय १३ मत गणना गरि २सय१४ औ मत गणना गर्ने क्रममा निर्वाचन आयोगको मापदण्ड विपरितको पितलको स्वस्तिक छाप लगाइएको मतपत्र फेला परेपछि विवाद भई मतगणना कार्य स्थगित भएको थियो ।
वडा नम्वर २ मा मतगणना भएका २ सय १४ मतपत्र नेकपा एमालेका उम्मेद्वारलाई एक छापे लगाइएको आशंकामा नेपाली काँग्रेस र नेकपा(माओवादी)केन्द्रका प्रतिनिधिहरुले विरोध गरेका थिए । वडानं २ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत विष्णुबहादुर केसिले निर्वाचन आयोगको रवरको छापले स्पष्ट रुपमा मसि नलागेपछि आफुले अलिकति ठूलो आकारको पितलको छाप मतपत्रमा लगाउन दिनु भएको निर्वाचन आयोगले जनाएको छ ।
नेपाली कांग्रेस नेकपा(माओवादी)केन्द्र र नेकपा एमालेका उम्मेद्वार र प्रतिनिधि राखेर छलफल गराउदा काँग्रेस र माओवादी केन्द्रको पुन मतदान गर्नु पर्ने अडान र नेकपा एमालेको मतगणना शुचारु गर्नु पर्ने अडानले सहमति जुट्न नसकेको अवस्थामा पाचौ पटक गरिएको छलफलबाट ठूलो आकारको पितलको छाप एउटा मात्र पार्टीको उम्मेद्वारमा लगाइएको रअन्यमा नलगाइएको पाइएमा ती मतपत्र बदर गरिने र सबै दलको चिन्हमा प्रयोग गरिएको पाइएमा सदर गरिने सहमतिमा रोकिएको मतगणना सुचारु भएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले जानकारी दिनु भयो ।