दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धनका उम्मेदवार पुन र जिसी बिजयी
Monday, May 16th, 2022, 8:46 am
Kalpristha
दाङ,२ जेठ
दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धनका उम्मेदवार बिजयी हुनुभएको छ । गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका तुलसीराम पुन ९सुवास० र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जिसी निर्वाचित हुनुभएको हो ।
अध्ययक्षमा निर्वाचित पुनले पुन ५ हजार ७४९ मत ल्याएर बिजयी हुनुभएको हो । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भेषराज खत्रीले ३ हजार ६७८ मत प्राप्त गरी पराजित हुनुभएको छ । अध्यक्ष निर्वाचित पुनले नेकपा एमालेका उम्मेदवार खत्रीलाई २ हजार ७१ मत अन्तरले हराउनुभएको हो ।
त्यसैगरी उपाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका जिसीले ५ हजार ९४५ मत ल्याएर बिजयी हुनुभएको छ । पराजित एमालेकी उम्मेदवार सरस्वती घर्तीले ३ हजार २६५ मत मात्रै प्राप्त गर्नुभएको हो । उपाध्यक्षमा २ हजार ६८० मतको अन्तरले जिसी बिजयी हुनुभएको हो ।
बंगलाचुली गाउँपालिकामा चार वडासहित गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको थियो । बाँकी चार वडाहरुमा कांग्रेस, माओवादी र एमालेविच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । जसमा बंगलाचुली गाउँपालिकाका ८ वडाहरु मध्य कांग्रेस र माओवादीले चार–चार वटा वडा जितेका हुन् ।
जसअन्तर्गत कांग्रेसले वडा नं। १,२,४ र ६ जितेको छ भने माओवादीले वडा नं। ३,५,७ र ८ जितेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा एउटा वडा जितेको एमाले यसपटक कुनै पनि वडामा जित हासिल गर्न सकेन । बंगाचुलीमा कूल १० हजार ७३३ मत खसेको लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा बंगलाचुली गाउँपालकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादी केन्द्रले जितेको थियो ।