ठूलीभेरीमा ५ वडा अध्यक्षसहित प्रमुख र उपप्रखुममा कांग्रेस
Monday, May 16th, 2022, 3:30 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, २ जेठ
ठूलीभेरीनगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन । नेपाली कांग्रेसका सुवर्ण बुढाले कुलखसेको ४ हजार १७८ मतमा १ हजार २८६ मत ल्याएर
ठूलीभेरीनगरपालिकाको प्रमुखमा विजयी भएका छन् । उनले निकटम प्रतिद्वन्द्वी नेकपा (एकिकृत समाजवादी) का कर्णबहादुर रोकायाले ९७८ मत ल्याएर पराजित भएका हुन् ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी छिरिङडोल्मा गुरुङ्ग(महत) ८४८ मत ल्याएर विजयी भएकी छिन् । उनले निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार नरबहादुर बुढाले ७१५ मत ल्याएर पराजय भएका हुन् ।
ठूली भेरीनगरपालिकाको वडा नम्बर १ बाट नेपाली कांग्रेसका तेजेन्द्र रोकाया, वडा नम्बर ३ बाट भक्तबहादुर भण्डारी, वडा नम्बर ५ बाट भिबहादुर रोकाया वडा नम्बर ९ बाट सुवास कठायत र वडा नम्बर १० बाट हंशरुप महत विजयी भएका छन् ।
त्यसैगरी वडा नम्बर ६ बाट नेकपा(माओवादी)केन्द्रका तेजेन्द्र कार्की वडा नम्बर २ को वडाअध्यक्षमा नेकपा (माओवादी) केन्द्रकै कमलबहादुर क्षेत्री र वडा नम्बर ७ को वडाअध्यक्षमा नेकपा एमालेका ध्रवकुमार शाही वडान म्बर ४ मा नेकपा एमालेकै जुद्दबहादुर रोकाया विजयी भएका हुन् ।

.
वडानम्वर ११ को वडाअध्यक्षमा भने नेकपा(एकिकृतसमाजवादी)का भद्र कार्की र वडा नम्बर ८ को वडाअध्यक्षमा समाजवादीकै मनराम ठकुल्ला विजयी भएका हुन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा सदरमुकाम दुनैवजार रहेको वडानम्वर १ मा वडाअध्यक्ष मात्र विजय प्राप्त गरेको नेपाली कांग्रेसले ठूलीभेरीनगरमा नयाँ इतिहास रच्दै प्रमुख उपप्रमुख सहित ६ वटा वडा अध्यक्षमा विजय हासिल गरेको हो ।
ठूलीभेरी नगरपालिकामा पहिलोपटक जित हासिल गरेको नेपाली कांग्रेसले प्रमुख उपप्रमुखसहित धेरै वडामा विजय हासिल गरेपछि विजय उत्सवस्वरुप बृहत विजय ¥यालीसमेत निकालेको छ ।