बाँकेका २५ वडाको मत गणना सम्पन्न : कस्ले कहाँ जित्यो ?
Monday, May 16th, 2022, 8:42 pm
Kalpristha
बाँके जिल्लामा रहेको आठवटा पालिकाका ८१ वडा मध्ये २५ वटा वडाको निर्वाचन मत गणना सम्पन्न भएको छ । यो समाचार तयार पार्दासम्म जिल्लामा नेकपा एमालेले ९ वटा वडामा जितेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले ७ वटा वडामा जितेको छ भने नेपाली कांग्रेसले ६ वटा वडामा जितेको छ ।
जनता समाजवादी पार्टी (जसपा) ले ३ वटा वडा र राप्रपाले १ वटा वडा जितेको छ ।
नेकपा एमाले
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ मा प्रमोद रिजाल
डुडुवा गाउँपालिका वडा नम्बर ६ मा मोहनराम मिश्र
राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ मा यमबहादुर खड्का
राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा ज्ञान प्रसाद वली
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ मा मीनकुमार थारु
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ मा शालिकराम डाँडी
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ मा सोहनलाल थारु
बैजनाथ गाउँपालिका वडा नम्बर १ मा रुप बहादुर मल्ल
खजुरा गाउँपालिका वडा नम्बर ३ मा पूर्ण बहादुर भण्डारी
नेकपा माओवादी केन्द्र्र
नेपालगन्ज उप–उपमहानगरपालिका वडा नम्बर ३ मो. अयुव सिद्धिकी
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ मा गोपाल पुन
कोहलपुर नगरपालिका वडा नम्बर १ मा, गठबन्धनतर्फका धनराम वली
खजुरा गाउँपालिका वडा नम्बर २ मा धनराम वली
खजुरा गाउँपालिका वडा नम्बर ४ मा टेक बहादुर रोका क्षेत्री
जानकी गाउँपालिका वडा नम्बर २ मा चन्द्रिका प्रसाद गुप्ता
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मिनराज खड्का
नेपाली कांग्रेस
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २३ मा जबर अलि बेहना
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २१ मा राजकुमार साहु
खजुरा गाउँपालिकावडा नम्बर १ मा गठबन्धनतर्फबाट मनबीर खत्री
डुडुवा गाउँपालिका वडा नम्बर १ मा पटेश्वर कुर्मी
कोहलपुर नगरपालिका वडा नम्बर २ हरि कठायत
कोहलपुर नगरपालिका वडा नम्बर १५ मा दिपेन्द्र कुमार चौधरी
जनता समाजवादी पार्टी (जसपा)
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २२ मा अब्दुल गफ्फार
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० कौसल धोवी
जानकी गाउँपालिकाको वडा नम्बर १ मा मोहम्मद रजा राई
राप्रपा
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ मा मनोज श्रेष्ठ