खजुरा ३ नम्बर वडामा एमालेको जित, स्वतन्त्र उम्मेदवार काउँचा भए दोस्रो
Monday, May 16th, 2022, 9:50 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २ जेठ
खजुरा गाउँपालिकाको वडा नम्बर ३ अध्यक्षमा एमालेका पुर्ण बहादुर भण्डारी सहितको प्यानलले जितेको छ । खजुरा गाउँपालिकाको ८ वटा वडा मध्ये तिन वडाको अन्तिम सार्वजनिक हुँदा एमालेले पहिलो वडा जितेको छ ।
भण्डारीले खसेको ४०५७ मतबाट १२९९ मत ल्याएर विजयी भए । दोस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार विकास काउँचा मगरले १०८३ र गठबन्धनबाट लडेका नेपाली कांग्रेसका रमेश सिंजालीले १०५७ मत पाएका छन । खजुरा गाउँपालिकामा पहिलो पटक स्वतन्त्र उम्मेदवारले प्रमुख राजनिति दललाई कडा चुनौति दिएका छन ।
खजुराको धौलागिरीका युवाले स्वतन्त्र रुपमा धारा चुनाव चिन्हबाट लडेका थिए । उनले प्राप्त गरेको मतले गठबन्धन दललाई धक्का पुगेको छ । गठबन्धनबाट लडेका रमेश सिंजालीले पुन दोस्रो पटक वडा अध्यक्षमा हारको सामना गर्नु परेको छ ।
खजुराको ३ नम्बर वडामा यसअघि माओवादीले जितेको थियो । वडा नम्बर ३ को नतिजाबाट भने एमालेलाई राहत मिलेको छ । खजुरा गाउँपालिकामा एमाले बलियो भएपनि यसपटक भने वडाहरुमा कमजोर देखिएको छ ।