खजुराको अध्यक्षमा एमालेको अग्रता घट्दैं, तुफान अगाडी बढदैं
Monday, May 16th, 2022, 10:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २ जेठ
खजुरा गाउँपालिकाको अध्यक्ष पदमा कडा प्रतिस्पर्धा देखिएको छ । कांग्रेस माओवादी गठबन्धन तर्फका उम्मेदवार डम्बर विक तुफानले वडा नम्बर ५ मा गएर आफनो मतसंख्या बढाएका छन ।
एमालेका उम्मेदवार सुमन मल्लले मंगलबार बेलुका ५ बजे सम्म ७१२ मतले अग्रता लिएका थिए । तर राती १० बजे सम्मको अपडेटमा उनको अग्रता घट्दै ३१५ मा झरेको छ । १४,३३६ मत गणना गर्दा एमालेका सुमन मल्लले ६६०० र तुफानले ६२८५ मत प्राप्त गरेका छन ।
अहिले गणना भैरहेको ५ नम्बर वडाबाट तुफानले ६१३ मत ल्याउँदा सुमनले २४९ मत पाएका छन । अग्रता लिइरहेका सुमनले हाल सम्म वडा नम्बर १ बाट ११५१, २ नम्बर वडाबाट २४१५, ३ नम्बरबाट १५१४, ४ नम्बरबाट १२७१ मत पाएका छन । तुफानले १ नम्बरबाट ६६७, २०९९, ३ नम्बरबाट १६३७ र ४ नम्बरबाट १२६९ मत पाएका छन ।
खजुरा गाउँपालिकाको ५ नम्बर वडा कांग्रेसको पकड क्षेत्र हो । तर अहिले स्थानीय निर्वाचनको वडा स्तरमा कांग्रेस र माओवादीका उम्मेदवार बिच कडा प्रतिस्पर्धा छ ।
१०१४ मत गणना गर्दा माओवादीको उम्मेदवार गरिबे शेखले ४९६ मत सहित अग्रता लिएका छन । कांग्रेसका उम्मेदवारले ३७९ र एमालेका उम्मेदवारले २४९ मत प्राप्त गरेका छन ।
यसैगरी खजुरा गाउँपालिकाको उपाध्यक्ष भने गठबन्धकी मन्जु मल्लले १९८ मतले अग्रता लिएकी छिन । उनले ५८५१ र एमालेकी ताजरुन निशाले ५६५३ मत पाएकी छिन ।