राप्तीसोनारीको अध्यक्षमा कांग्रेसका तप्त र उपाध्यक्षमा मनिषा विजयी
Tuesday, May 17th, 2022, 7:09 am
Kalpristha
.
बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल र उपाध्यक्षमा मनिषा सिंह थारु निर्वाचित भएका छन । औपचारिक रुपमा निर्वाचन अधिकारीले घोषणा गर्न भने बाँकी छ ।
पौडेल ८२० मतान्तरले निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पौडेलले उनका निकटम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका पटटु थारुलाई पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।
गाउँपालिकाको अध्यक्षका लागि कुल खसेको मत ३२९६६ मा पौडेलले १०११२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटम प्रतिद्वन्द्वी माओवादीका थारुले ९२९२ मत प्राप्त गरे भने नेकपा एमालेका रामदास थारुले ९१४० मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा थारुले नेकपा एमालेकी चमेली वागवानलाई ७८६ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् । नवनिर्वाचित थारुले १०१३४ मत र उनकी निकटम प्रतिद्वन्द्वी वागवानले ९३४१ मत प्राप्त गरिन् । त्यस्तै नेकपा माओवादीकी मन्जु रोकायले ८७९३ मत ल्याएकी हुन् ।
.
२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले पालिकाको अध्यक्ष र उपाध्यक्ष सहित ५ वडा जितेको थियो । त्यतिबेला लाहुराम थारुले अध्यक्ष र धनीकुमारी खत्रीले उपाध्यक्ष जितेकी थिइन ।
तर यसपटक राप्तीसोनारीमा कांग्रेसले एउटा पनि वडा जित्न सकेन । राप्तीसोनारीको गाउँपालिकाको वडा नम्बर १,२,३,८ र ९ मा नेकपा एमालेका वडा अध्यक्ष निर्वाचित भएका छन । वडा नम्बर ४, ५ र ७ मा माओवादी र वडा नम्बर ६ मा भने राप्रपाका वडा अध्यक्ष निर्वाचित भए ।
.
.