खजुरा अध्यक्षमा एमालेको अग्रता ओरालो लाग्दैं, उपाध्यक्षमा मन्जुको अग्रता बढदैं
Tuesday, May 17th, 2022, 10:59 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ जेठ
बाँके खजुरा गाउँपालिकाको अध्यक्षमा अग्रता लिइरहेका एमाले उम्मेदवार सुमन मल्लको अग्रता क्रमश घट्दो क्रममा देखिएको छ । पछिल्लो समय उनले ८५ मतले अग्रता लिइरहेको छन ।
बुधबार विहान १० बजे सम्मको अपडेट अनुसार मल्लले ७४११ मत पाएका छन । कांग्रेस माओवादी गठबन्धन तर्फका उम्मेदवार डम्बर विक तुफानले क्रमश मत बढाउने क्रममा ७३२६ मत पाएका छन ।
खजुरा गाउँपालिकामा रहेको ८ वडा मध्ये हाल सम्म ५ वडाको मतपरिणाम सम्पन्न भैसकेको छ । गठबन्धनका उम्मेदवार तुफानले ५ नम्बर वडाबाट १०९९ मत ल्याउँछ मल्लको सँगको मतान्तरलाई घटाउन सफल भएका हुन ।
अब खजुरा गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको मत गणना गर्न बाँकी छ ।
बाँकी रहेका ६ र ७ नम्बर वडा माओवादी र एमालेको प्रभाव रहेको वडा हुन । ८ नम्बर वडामा भने कांग्रेस बलियो मानिन्छ । यसभन्दा गएको स्थानीय निर्वाचनमा फिरोज खानले निर्वाचित जितेका थिए ।
यसपटक पुन उनी वडा अध्यक्षमा प्रतिस्पर्धा गरेका छन ।
यसैगरी गाउँपालिका उपाध्यक्षमा गठबन्धन तर्फकी उम्मेदवार मन्जु मल्लले अग्रता बढाउँदै लगेकी छिन । उनले अहिले ७१७ मतले अग्रता लिइरहेकी छिन । मन्जुले ७०४९ मत पाउँदा एमालेकी उम्मेदवार ताजरुन निशाले ६३३२ मत पाएकी छिन ।
राप्तीसोनारीको अध्यक्षमा कांग्रेसका तप्त र उपाध्यक्षमा मनिषा विजयी
बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल र उपाध्यक्षमा मनिषा सिंह थारु निर्वाचित भएका छन । औपचारिक रुपमा निर्वाचन अधिकारीले घोषणा गर्न भने बाँकी छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले पालिकाको अध्यक्ष र उपाध्यक्ष सहित ५ वडा जितेको थियो । त्यतिबेला लाहुराम थारुले अध्यक्ष र धनीकुमारी खत्रीले उपाध्यक्ष जितेकी थिइन ।
तर यसपटक राप्तीसोनारीमा कांग्रेसले एउटा पनि वडा जित्न सकेन । राप्तीसोनारीको गाउँपालिकाको वडा नम्बर १,२,३,८ र ९ मा नेकपा एमालेका वडा अध्यक्ष निर्वाचित भएका छन । वडा नम्बर ४, ५ र ७ मा माओवादी र वडा नम्बर ६ मा भने राप्रपाका वडा अध्यक्ष निर्वाचित भए ।