दंगीशरणमा कांग्रेसको अध्यक्ष र उपाध्यक्ष विजयी
Tuesday, May 17th, 2022, 4:42 pm
Kalpristha
दाङ जिल्लाको दंगीशरण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका शम्भु गिरी अध्यक्ष र पिमा खड्का वली उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
गिरीले ५ हजार ४ सय ६७ मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गिरीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेघनाथ शाहलाई १ हजार ४ सय १८ मत अन्तरले पराजित गर्दै बिजयी भएका हुन् ।
एमालेका शाहले ४ हजार ४९ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका मनिराम चौधरीले १ हजार ७ सात ८३ मत पाएका थिए ।
उपाध्यक्षमा कांग्रेसकै पिमाकुमारी खड्का वलीले २ सय ६८ मत अन्तरले दोश्रोपटक निर्वाचित भइन् । वलीले ४ हजार ५ सय ७९ मत प्राप्त गरेकी छिन् । उनी २०७४ को निर्वाचनमा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनकी निकटतम प्रतिस्पर्धी बनेकपा एमालेकी बुधनी चौधरीले ४ हजार ३ सय ११ मत प्राप्त गरेकी छन् ।
माओवादी केन्द्रकी निर्मला वलीले १ हजार ८ सय ४६ मत पाएकी छन् । दंगीशरण गाउँपलिकाका ७ वडाहरु मध्य ४ वडाहरु एमाले र ३ वडाहरुमा नेपाली कांग्रेसका उम्मेदवारहरु बिजयी भएका छन् ।