त्रिपुरासुन्दरीमा एमालेको जित
Tuesday, May 17th, 2022, 9:34 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, ३ जेठ
त्रिपुरासुन्दरी नगरपालिकाको मतगणना कार्य सम्पन्न भएको छ । मंगलबार सम्पन्न मतगणनाबाट त्रिपुरासुन्दरी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार जनचन्द्र रोकाया निर्वाचित भएका छन् । कूल खसेको ५ हजार ३ सय ७५ मतमध्ये २ हजार ४ मत ल्याएर नगरप्रमुखमा रोकाया निर्वाचित भएका हुन् ।
उनले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रलाल धरालाले १ हजार ५ सय ९६ मत ल्याएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका दिलबहादुर विष्टले १ हजार ४ सय २२ मत ल्याए।
उप–प्रमुखमा नेकपा एमालेकी देवि घर्तीले १ हजार ८ सय ५६ मत ल्याएर विजयी भएकी छिन् । घर्तीले निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी काली चलाउनेले १ हजार २ दुई ९० मत ल्याएकी छिन् ।
त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १, २, ३, ५, ७ गरेर ५ वटाका वडाअध्यक्षमा नेकपा एमालेका रामचन्द्र कुलाल, टंकबहादुर थापा, भक्तबहादुर केसी, नन्दलाल रोकाया र खम बुढा निर्वाचित भएका छन् ।
वडा नम्बर ४, ६, ८, ९ र १० को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका देवेन्द्र चलाउने, चन्द्ररुप रावत, ललितप्रसाद गिरी र रन्जित बुढा निर्वाचित भएका छन् ।
वडा नम्बर ११ मामात्रै नेपाली कांग्रेसका चन्द्ररुप डसाल विजयी भए ।
२०७४ को स्थानीय तह निर्वाचनमा ४ वडामा वडाअध्यक्ष जितेको नेपाली कांग्रेसले योपटक भने एउटा वडामा मात्र चित्त बुझाउनु परेको छ ।