गठबन्धनलाई हराउँदै घोराहीमा एमालेले ल्यायो बहुमत
Thursday, May 19th, 2022, 10:50 am
Kalpristha
दाङको घोराही उप-महानगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरीले गठबन्धनलाई हराउँदै निर्वाचित भएका छन् । चौधरीले सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मालाई ५ हजार ३ सय ३० मतले हराउँदै दोस्रो कार्यकालका लागि घोराहीको नगर प्रमुखमा विजयी भएका हुन् ।
बिजयी चौधरीले ३१ हजार ७ सय २८ मत प्राप्त गरेका छन् । पराजित शर्माले २६ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् ।
त्यस्तै नगर उपप्रमुखमा एमालेकै हुमा डिसी विजयी भएकी छिन् । डिसीले गठबन्धनबाट काग्रेसकाका उपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले हराउँदै विजयी भएकी हुन् । विजयी डिसीले ३ हजार ४ सय ३ प्राप्त गर्दा डाँगीले ३ हजार ३ सय ५४ मत प्राप्त गरिन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल रहेको घोराहीका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, १४, १७ र १८ वडा एमालेले जितेको छ भने वडा नम्बर गठबन्धनबाट कांग्रेसले १०, १३, १५ , १६ र १९ नम्बर र माओवादी केन्द्रले वडा नम्बर ९ जितेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचन र उपनिर्वाचन गरी सात वटा वडा जितेको कांग्रेस घटेर ५ मा झरेको छ भने ३ वडाहरु जितेको माओवादीले एउटा मात्रै वडा जित्न सफल भएको हो ।