नेपालगन्जमा विकृती बढाउँदै क्यासिनो, प्रहरीको मौन समर्थन
Thursday, May 19th, 2022, 9:23 pm
Kalpristha
क्यासिनोमा कुटपिट गरेको पंकजको समुह भने जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर फर्केका छन । तर पिटाई खाने विक्की नामका व्यक्ति भने प्रहरीको नियन्त्रणमा छन । स्टार लाइट होटेलमा विहिबार भएको घटना त एउटा उदाहरण मात्र हो । क्यासिनो क्षेत्रमा यस्ता थुप्रै झडप, गलत क्रियाकलाप भैरहेका हुन्छन तर त्यसको नियन्त्रण गर्ने निकाय बाँके प्रहरी भने मौन बसेको देखिन्छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ जेठ
नेपालगन्जमा क्यासिनो कारण गुण्डागर्दीसँगै सामाजिक विकृती बढन थालेका छन् । पछिल्लो समय नेपालगन्जलाई क्यासिनो सिटी बनाउने भन्दै मेयर डा. धवलशमसेर राणाले क्यासिनो खोल्नका लागि सहज वातावरण बनाउनमा भुमिका खेलेका थिए ।
तर पछिल्लो समय क्यासिनोकै कारण नेपालगन्ज सहरमा गुण्डागर्दी र सामाजिक विकृतिलाई बढावा दिने गतिविधि क्रमश बढन थालेका छन ।
बिहिबार नेपालगन्जको स्टार लाइट होटेलमा रहेको क्यासिनामा भारतीय नागरिक पंकज भनिने समुहले त्यही होटलमा रहेका बिक्की भिनिने व्यक्तिलाई ज्यान लिने उद्देश्यले कुटपिट गरेका छन ।
क्यासिनोमा कुटपिट गरेको पंकजको समुह भने जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर फर्केका छन । तर पिटाई खाने विक्की नामका व्यक्ति भने प्रहरीको नियन्त्रणमा छन ।
स्टार लाइट होटेलमा विहिबार भएको घटना त एउटा उदाहरण मात्र हो । क्यासिनो क्षेत्रमा यस्ता थुप्रै झडप, गलत क्रियाकलाप भैरहेका हुन्छन तर त्यसको नियन्त्रण गर्ने निकाय बाँके प्रहरी भने मौन बसेको देखिन्छ ।
घटनाको बारेमा बाँके प्रहरीले केहि कुरा सार्वजनिक गरेको छैन । क्यासिनोमा हुने गरेको गैरकानुनी क्रियाकलापलाई भने प्रहरी मुकदर्शक बनेर हेर्ने गरेको छ । स्रोतका अनुसार हरेक क्यासिनो क्यासिनो संचालकले प्रहरीका विभिन्न तहमा मासिक रकम बुझाउने गर्छन । जसका कारण क्यासिनोमा हुने गरेको गैरकानुनी कार्यलाई रोक्नको निम्ति प्रहरीले कुनै चासो देखाउने गरेको छैन ।
नेपालमा रहेका क्यासिनोमा नेपाली नागरिकलाई त्यहाँ गरेर खेल्नको लागि प्रतिबन्ध गरिएको छ । तर नेपालगन्जका क्यासिनोमा थुप्रै नेपालीहरु गएर खेल्ने गरेको छन ।
जसको निरिक्षण गर्ने निकाय प्रहरीले भने कुनै चासो देखाउने गरेको छैन । क्यासिनो क्षेत्रमा काम गर्ने एक व्यवसायीका अनुसार प्रहरीका उच्च अधिकारीहरु नै बेला बेलामा गएर नेपालगन्जका क्यासिनोमा गएर मदिरा सेवन गरेर फर्कने गरेका छन । प्रहरीको मौन समर्थनका कारण क्यासिनोमा गैरकानुनी काम र सामाजिक विकृत बढाउने क्रियाकलाप बढिरहेका छन ।