जानकीमा कांग्रेसलाई जनताको समर्थन, एमाले शून्यमा झर्यो
Friday, May 20th, 2022, 5:46 pm
Kalpristha
जानकी गाउँपालिकामा योपटक जानकीवासीले नेपाली कांग्रेसलाई पूर्ण समर्थन जनाए । मत परिणामको नतिजाले योपटक जानकीवासीले कांग्रेसलाई जिताउनु पर्छ भन्ने ठानेको देखियो । कारण जुन पाटीसँग कांग्रेस हारेको थियो योपटक सोही पाटीभन्दा दोब्बर मत कांग्रेसका उम्मेदवारहरुले ल्याएका छन् ।
यहाँसम्मकी योपटक जानकीमा एमाले शून्यमा झरेको छ । पालिकामात्रै नभएर एमालेले कुनै पनि वडा जित्न सकेन ।
२०७४ को स्थानीय चुनावमा झिनो मतले नेपाली कांगे्रसका छब्बन खाँ नेकपा एमालेका रामदास यादवसँग हार ब्यहोरेका थिए । तर योपटक रामदासको निधन भएकाले एमालेबाट उनका छोरा हिमान्सु यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । उनलाई खाँले १ हजार ८ सय ५८ मतले पराजय गरे ।
रोचकता उपाध्यक्षमा निर्वाचित भएकी नेपाली कांग्रेसकी रामप्यारी यादवको भएको छ । उनले जोसँग २०७४ सातमा झिनो मतले हारेकी थिइन् । योपटक हारको बदला लिँदै उनीभन्दा दोब्बर मत ल्याएकी छिन् ।
रामप्यारीले ६ हजार ९ सय ९ मत ल्याउँदा एमालेकी उपाध्यक्ष भूमिसरा धितालले ३ हजार ४ सय ५६ मत ल्याइन् । रामप्यारी र भूमिसराबीच ३ हजार ४ सय ५३ मतको फरक रहेको छ ।
यसले योपटक जानकीवासीले नेपाली कांग्रेसलाई पूर्ण समर्थन गरेको देखिन्छ ।
वडामा पनि कांगे्रसको बहुमत
जानकी गाउँपालिकाको वडामा पनि नेपाली कांग्रेसले बहुमत ल्याएको छ ।
पालिकामा रहेको ८ वटा वडामध्ये कांग्रेसले ३ वटा वडामा जित हासिल गरेको हो ।
कांग्रेसले वडा नम्बर ४, ५ र ६ मा जितेको छ भने जसपाले १ र ३ मा जितेको छ ।
साथै माओवादीले वडा नम्बर २ मा जित हासिल गरेको छ ।
कांग्रेसका तर्फबाट वडा नम्बर ४ मा रमेशकुमार बर्मा, ५ मा टीकानाथ यादव र ६ मा जगदिशप्रसाद हरिजनले जितेका हुन् ।
त्यस्तै जसपाबाट वडा नम्बर १ मा मोहम्मद रजा राई र ३ मा राजकुमार कुर्मी विजयी भएका छन् ।
भने वडा नम्बर २ मा माओवादीका चन्द्रीका प्रसाद गुप्ताले जितेका छन् ।