अघोषित लोडसेडिङविरुद्ध दबाब
Friday, May 20th, 2022, 6:01 pm
Kalpristha
नेपालगन्जमा देखिएको अघोषित लोडसेडिङविरुद्ध दबाब सुरु भएको छ । विकासका लागि नागरिक सरोकार समितिको अगुवाईमा नेपाल विद्युत् प्राधिकरणा नेपालगन्ज वितरण केन्द्रलाई दबाब दिन सुरु गरिएको हो ।
शुक्रबार वितरण केन्द्रको मुलगेटमा धर्नासहित दवावमूलक कार्यक्रमको आयोजना गरिएको छ ।
विभिन्न किसिममा कार्ड र ब्यानरसहित धर्ना दिइएको छ ।

………….
सो क्रममा समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले नेपालगन्ज जस्तो गर्मी हुने ठाउँमा अघोषित लोडसेडिङ हुँदा यहाँका सर्बसाधारणले निकै सास्ती खेप्नु परेको बताए । विद्युत् प्राधिकरणले जनतालाई कुनै जानकारी नै नदिएर विद्युत् काट्दा आफूहरु बाध्य भएर आन्दोलित हुनु परेको उनको भनाइ छ ।
सो क्रममा बोल्ने अन्य बक्ताले पनि अघोषित लोडसेडिङ तत्काल बन्द गर्नुपर्ने माग गरेका थिए ।
सो क्रममा नागरिक समाजका तर्फबाट नेपालगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधी, लायन्स तथा लियो क्लबका प्रतिनिधी, गैर सरकारी संस्था महासंघ, होटल व्यवसायी, अधिकारकर्मी, वकिल, पत्रकार, सर्बसाधारण लगायतको ठूलो संख्यामा उपस्थिती रहेको थियो ।
नेपालगन्जमा बिहीबार बेलुका बसेको सरोकारवालासहितको बैठकले लोडसेडिङविरुद्ध दवाव दिने निर्णय गरेको थियो ।