भारी मतान्तरका साथ नेपालगन्जमा प्रशान्त र राईको विजयी
Friday, May 20th, 2022, 6:18 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उप–प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) कमरुद्दीन राई भारी मतान्तरका साथ विजयी भएका छन् ।
प्रमुख विष्टले ११ हजार ७ सय ८५ र राईले ७ हजार ३५ मतान्तरका साथ विजयी भएका हुन् ।
प्रमुख विष्टले कूल २३ हजार ४ सय ६० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६ सय ७५ मत पाए । त्यस्तै राप्रपाका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ मत पाएका छन् ।
उप–प्रमुख राईले १७ हजार ९ सय ५० मत पाउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्तिदेवि ढकालले १० हजार ९ सय १५ मत पाइन् । साथै राप्रपाकी विन्दु चर्तिमगरले १० हजार १ सय ३५ मत पाएकी छिन् ।
वडामा जसपाको बहुमत
नेपालगन्ज उप–महानगरपालिकामा रहेका २३ वटा वडामध्ये जसपाले ६ वटा वडामा बहुमत ल्याएको छ भने नेपाली कांग्रेसले र नेकपा एमालेले ५÷५ वटा वडा जितेका छन् ।
अन्यमा नेकपा माओवादी केन्द्रलेले ४ वटा वडा र राप्रपाले ३ वटा वडा जितेको छ ।
जसपाले नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर ५, १३, १४, १५, २० र २२ मा जितेको हो । नेपाली कांग्रेसले वडा नम्बर १२, १७, १९, २१ र २३ जितेको छ । त्यस्तै एमालेले वडा नम्बर १, ६, ७, ९ र १८ जितेको छ । साथै माओवादी केन्द्रले वडा नम्बर ३, ४, ११ र १६ जित्दा राप्रपाले वडा नम्बर २, ८ र १० जितेको छ ।
जसपाका तर्फबाट वडा नम्बर ५ मा शराफत हुसेन शेषले वडा अध्यक्ष जितेका छन् । त्यस्तै १३ मा सुरेश सिंह ठाकुर, १४ मा मजहर अली साई, १५ मा मदनविक्रम शाह, २० मा कौशलकुमार धोबी र २२ अब्दुल गफ्फार हलवाईले जितेको छन् ।
त्यस्तै नेपाली कांग्रेको तर्फबाट वडा नम्बर १२ मा तरुण बज्राचार्यले जितेका छन् भने १७ मा लक्षमणप्रसाद बर्मा, १९ मा परसराम कुर्मी, २१ मा राजकुमार साहुतेली र २३ मा जबर अली बेहनाले वडा अध्यक्षमा जितेका छन् ।
एमालेबाट वडा नम्बर १ मा प्रमोद रिजाल, ६ मा समीर प्रताप सिंह, ७ मा प्रसन्त श्रेष्ठ, ९ मा गोविन्दप्रसाद रेग्मी र १८ मा दीपककुमार बर्माले जितेका छन् ।
माओवादी केन्द्रतर्फले वडा नम्बर ३ मा मोहम्मद अयुब सिद्धिक, ४ मा गोपाल पुन, ११ नन्दविशोर कश्यप (कहार) र १६ मा कलीम अहमद जोलाहले जितेका छन् ।
राप्रपाका मनोजकुमार श्रेष्ठले वडा नम्बर २, रजनीश वाजपेयीले वडा नम्बर ८ र श्रवणकुमार श्रेष्ठले वडा नम्बर १० जितेको छन् ।