कविता : कविताको हत्या
Saturday, May 21st, 2022, 7:54 am
Kalpristha
छविलाल खड्का
प्रिय १ कविहरु
मेरो निम्तो स्वीकारी १
आऊ,
मेरो कविताको श्रद्धाञ्जली सभामा १
एक मिनेट मौनधारण गरौं १
दुई थोपा आँशु चढाऔं ।
किनकि
मेरो कविता सहिद भएको छ
मैले, मेरो कविताको हत्या गरेको छु ।
कारण
झुपडीबाट निस्कने धुवाँभित्र
मडारिएका अक्षरहरु
केलाउनु पथ्र्यो, मेरो कविताले ।
फुटपाथलाई संसार बुझ्ने
सडक बालकको बेदना
पोख्नु पथ्र्यो, मेरो कविताले ।
कसैको जड्यौरीमा बाँचेको जीवन कथा
ओकेल्नु पथ्र्यो, मेरो कविताले ।
आर्यघाटमा पतिको चितासंगै
च्यारुमा बन्धक सतीको बेदना
उजागर गर्नु पथ्र्यो, मेरो कविताले ।
पुर्खाको रगतले कोरिएका सीमा रेखाको
रक्षा गर्नु पथ्र्यो, मेरो कविताले ।
तर
आलिसान महलको खैंचडी
बजाउन थाल्यो, मेरो कविताले ।
राष्ट्रिय पुरुस्कारको रहरमा
स्तुतीगान गाउन थाल्यो, मेरो कविताले ।
सत्ताको रौनकभित्र झिल्मिलाउन थाल्यो, मेरो कविता ।
लगाम लगाको घोडा झैं
सत्ताकै ताबेदारी गर्न थाल्यो, मेरो कविता ।
शक्तिकै पूजा गर्न थाल्यो, मेरो कविता ।
त्यति मात्र कहाँ हो र ?
मेरो कविता
मबाटै टाढिन थाल्यो
मसंगै सम्बन्ध विच्छेद गर्न थाल्यो
मलाई नै हियाउन र गिज्याउन थाल्यो ।
तसर्थ
मलाई रिस उठ्यो
हातमा पेस्तोल लिएँ
पहिलो फायर खोलें
मेरो कविताको छाति ताकेर
मेरो कविताको कञ्चट ताकेर
ड्याङ १ ड्याङ ११ ड्याङ १११
मेरो कविता सहिद भयो ।
म, मेरो कविताको हत्यारा ठहरिएँ ।
कोहलपुर, बाँके