नरैनापुरमा पुनः शाह र श्रीवास्तव विजयी
Saturday, May 21st, 2022, 8:22 am
Kalpristha
बाँकेको नरैनापुर गाउँपालिकामा इश्तियाक अहमद शाह र जयन्तिदेवी श्रीवास्तव पुनः निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार शाह र श्रीवास्तव पनः दोहोरिएका हुन् ।
शाह गाउँपालिकाको निर्वतमान अध्यक्ष र श्रीवास्तव निवर्तमान उपाध्यक्ष हुन् ।
अध्यक्ष पदमा शाहले निकटतम नेपाली कांग्रेसका रामचन्द्र मौर्यलाई हराउँदै निर्वाचित भएका हुन् । उनले १३५२ मतको अन्तरले पराजित मौर्यलाई हराएका हुन् ।
शाहले ५०३७ मत प्राप्त गरे, भने मौर्यले ३६८५ मत ल्याए ।
नेकपा एमालेकी पदमा वती यादवनीले ३१२२ मत प्राप्त गरेर तेस्रो भइन् ।
यसैगरी उपाध्यक्ष पदमा श्रीवास्तवले नेपाली कांग्रेसकी अतिकुन निसालाई २०७ मतको अन्तरले पराजित गरेकी छन् । श्रीवास्तवले ३८७९ मत प्राप्त गरिन्, भने कांग्रेसकी अतिकुनले ३६७२ मत ल्याएकी छन् ।
नेकपा एमालेका पंचराम यादवले २८०४ मतका साथ तेस्रो भए ।
उक्त गाउँपालिकाको वडा नम्बर १ मा वडा नम्बर १ मा नेपाली कांग्रेसका इसाक जोलाह, वडा नम्बर २ मा जसपाका मसुद अहमद शाह, वडा नम्बर ३ मा जसपाका अजयकुमार मिश्र, वडा नम्बर ४ मा कांग्रेसका मनोजकुमार शर्मा, वडा नम्बर ५ मा कांग्रेसका कृष्णचन्द्र मौर्य र वडा नम्बर ६ मा पनि कांग्रेसकै प्रेमचन्द्र मौर्य निर्वाचित भएका छन् ।
२०७४ को निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा कांग्रेसका मौर्य र तत्कालिन संघिय समाजवादी पार्टीका शाहबीच नै प्रतिस्पर्धा भएको थियो । त्यो बेला पनि मौर्यलाई शाहले पराजित गरेका थिए ।