नेपालगन्जमा गठबन्धनले मनायो विजय उत्सव
Saturday, May 21st, 2022, 12:13 pm
Kalpristha
बाँकेको नेपालगन्जमा सत्तारुढ गठबन्धनले विजय उत्सवसहित जुलुस निकालेको छ । नेपालगन्ज उप-महानगरपालिकामा निर्वाचित भएका प्रमुख नेपाली कांग्रेसका प्रशान्त विष्ट, उपप्रमुखमा निर्वाचित जसपाका कमरुद्दीन राईलगायत वडाअध्यक्षसहितको उपस्थितिमा विजय उत्सब मनाइएको हो ।
जुलुसमा ठूलो संख्यामा नेता, कार्यकर्ता एवम् नेपालगन्जवासीको सहभागिता रहेको छ । उपस्थित नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको सहभागितामा विजय उत्सब जमुनाहाबाट शुरु भएर राँझा चोक हुँदै त्रिभुवन चोकमा आएर बृहत सभामा परिणत भएको छ ।

.
उत्सवमा बाँके कांग्रेस सभापति नारायण प्रसाद गौडेल, जसपाका नेता एवम् बाँके क्षेत्र नम्बर २ का सांसद मो. इस्तियाक राई, लुम्बिनी प्रदेशका मन्त्री सुरेन्द्र हमाललगायतको उपस्थिति रहेको छ ।
ठूलो लावालस्कर सहितको विजय जुलुसमा सर्वसाधारणहरुले ठाउँठाउँबाट नवनिर्वाचित मेयर विष्ट र उपमेयर राईलाई स्वागत गर्दै बधाई दिएका छन् । नेपालगन्जमा सत्तारुढ दलहरुको चुनावी गठबन्धनबाट मेयरमा कांग्रेसका विष्ट र उपमेयरमा जसपाका राई भारी मतान्तरले निर्वाचित भएका हुन् ।

.