कोहलपुरमा कांग्रेसको अग्रता कायमै
Saturday, May 21st, 2022, 5:53 pm
Kalpristha
बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । कांग्रेसका अध्यक्ष पदका उम्मेदवार पूर्णप्रसाद आचार्य र उपप्रमुखकी उम्मेदवार संगीता सुवेदीले अग्रता लिई रहेकी छन् ।
यो समाचार तयार पार्दासम्म आचार्य १० हजार २ सय ७६ मतका साथ अग्रपंतीमा रहेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खिलप्रसाद भुसाल भने ९ हजार ५ सय ९७ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।
आचार्य र भुसालबीच ६ सय ७९ मतको अन्तर रहेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार नरेन्द्र न्यौपाने भने ८ हजार ३ सय ३३ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
साथै कांग्रेसकी उपप्रमुख सुवेदीले १० हजार ५ सय ५७ मत पाउँदा एमालेकी उपप्रमुख नारायणी ओलीले १० हजार ४ सय ५८ मतका साथ दोस्रो स्थानमा छिन् । सुवेदी र ओलीबीच ९९ मतको अन्तर रहेको छ ।
तेस्रोमा रहेको नेकपा एसले भने ४ हजार ३ सय ३७ मत पाएको छ ।
कोहलपुर नगरपालिकामा माओवादी र नेकपा एसबीच गठबन्धन रहेको छ ।
हालसम्म कोहलपुर नगरपालिकामा रहेका १५ वटा वडामध्ये नेपाली कांग्रेसले ७ वटा वडामा विजयी हासिल गरिसकेको छ । त्यस्तै नेकपा एमालेले २ वटा वडामा र नेकपा माओवादीले १ वटा वडा जितेको छ ।
कांग्रेसले वडा नम्बर २, ४, ६, १२, १३, १४ र १५, एमालेले ३ र ४ साथै माओवादीले १ मा विजयी हासिल गरेको हो ।