जहाज खोज्न एमआई-१७ हेलिकोप्टरदेखि पैदल टोली परिचालन
Sunday, May 29th, 2022, 2:09 pm
Kalpristha
सम्पर्कविहीन भएको तारा एअरको नाइन एन-एइटी जहाज खोज्न गएको हेलिकोप्टर मौसम खरापका काराण फर्किए पछि नेपाली सेनाको हेलिकोप्टरदेखि पैदल टोली परिचालन गरिएको छ ।
तारा एयरलाइन्सको बेपत्ता जहाज खोज्न नेपाली सेनाको एमआई-१७ हेलिकप्टर जोमसोमका लागि उडेको छ । यसअघि पोखराबाट गएको हेलिकप्टरले खराब मौसममा कारण विमानको अवस्था पत्ता लगाउन नसकेपछि अहिले सेनाको हेलिकप्टर पठाइएको हो ।
सार्थ स्थलमार्गबाट पनि सुरक्षाकर्मी परिचालन गरिएको छ । विमानको खोजी गर्ने हेलिकोप्टरमा मध्यकमाण्ड पोखराका जर्नेलसहितको टिम घटनास्थलतर्फ गएको हो ।
मुस्ताङको घाँसा पोष्टबाट ६५ जना सैनिक टिम परिचालन गरिएको छ । सेनाको टोलीले मुस्ताङको लेते आसपासमा खोजी कार्य जारी राखेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हराइरहेको तारा एयरको विमान उडेको १२ मिनेटसम्म सम्पर्कमा रहेको थियो । पोखराबाट स्थानीय समय अनुसार बिहान ९ः ५५ बजे जोमसोमको लागि विमान उडेको थियो । १९ जना यात्रु र ३ जना चालक दलका सदस्य सहित जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः ०७ वजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।
सो पश्चात उक्त विमान सम्पर्क विहिन भएको प्राधिकरणले जनाएको छ ।
यति एयरलाइन्स जहाजमा १९ जना यात्रु थिए । तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए ।