हामी भोजनको नाममा मन्द विष त खाइराखेका छैनौं ?
Thursday, June 9th, 2022, 12:55 pm
Kalpristha

डा. केदार कार्की
एकदिन बजारबाट हरियो तरकारी लिएर आएको थिएँ । श्रीमतीले हरियो परबल तरकारी बनाउन जसै धुन थालिन् त्यसबाट हरियो रङ्गको रसायन निस्कन थाल्यो एवम् उनको हात पोल्न थाल्यो । थाहा भयो कि परबललाई धेरैदिनसम्म हरियो राख्नका लागि प्रिजर्भेटिभको रुपमा खतरनाक रसायन प्रयोग गरिएको रहेछ ।
हामी सबैलाई थाहा भएको कुरा हो कि हाम्रो प्रतिदिनको उपयोगमा हामी खतरनाक रसायनहरुलाई आफ्नो शरीरमा हालिराखेका छौं । हाम्रा अन्नहरुमा खतरनाक रसायनिक टिकनाशक एवम् सौन्दर्य प्रशाधनहरुमा विषालु रसायनहरुको प्रयोग सामान्य भएको छ । यी खतरनाक रसायन हाम्रो वातावरणमा मिसिएर त्यसलाई विषालु बनाइराखेका छन् । हावा जसमा हामी सास फेर्छौ हामी जे देख्छौं जुन पानी हामी पिउँछौं एवमु जुन सौन्दर्य प्रशाधन हामी छालामा लगाउँछौं यी सबैमा विषालु रसायनहरुको प्रयोग भइराखेको छ । यी सबै मन्द विष हुन् जसको तत्काल कुनै प्रभाव हुँदैन तर पछि गएर यी गम्भीर विमारीको कारण बन्दछन् ।
एउटा आँकलन अनुसार करीब ९० प्रतिशत क्यान्सरको कारण भोजन एवम् पर्यावरणको विषाक्त हुनु मानिएको छ । उक्त आँकलनमा एउटा आश्चर्यजनक तथ्य सामने आएको छएउटा आँकलन अनुसार करीब ९० प्रतिशत क्यान्सरको कारण भोजन एवम् पर्यावरणको विषाक्त हुनु मानिएको छ । उक्त आँकलनमा एउटा आश्चर्यजनक तथ्य सामने आएको छ कि मानव शरीरमा करीब ३०० मानव निर्मित रसायनहरु पाइएको छ जुन शरीरलाई नोक्सानी पुर्याउने खालका रसायनहरु छन् । किटनाशकहरुले लाखौं मानिसहरुलाई स्थायीरुपमा रोगी बनाएको छ जसमा धेरैजसो बान्ता हुने, झाडापखाला हुने, दम, पिनास, एलर्जी, रोगप्रतिरोधक क्षमतामा कमी एवम् मोतियाविन्दु जस्ता समस्याको सामना गरिराखेका छन् ।
सन् १९८४ मा मिथाइल आइसोसाइनेट नामक ग्यास भोपालमा चुहिएको थियो जुन भोपाल ग्यास काण्डको नाममा प्रख्यात छ जसका कारण यसबाट प्रभावित २४ हजार मानिसको मृत्यु भएको थियो किनकी उक्त ग्यासमा फास्जीन, क्लोरोफर्म, हाइड्रोक्लोरिक एसीड जस्ता तत्वहरुको मिश्रण थियो । यी रसायनहरुले जंगली पर्यावरणलाई पनि नोक्सानी पुर्याइरोखको छ एवम् यसको शिकार चराचुरुङ्गी, हरिण, बँदेल, घडियाल, भ्यागुत्ता इत्यादि जो घाँस, बोटविरुवा खान्छन् एवम् यिनको भोजन श्रृङ्खलामा जुन पनि जन्तु आउँछन् ती सबै यस विषालु रसायनहरुको शिकार हुन्छन् । विषालु रसायनहरुको फलरुवरुप विगत केही वर्षदेखि नेपाल, भारतमा गिद्धहरुको संख्यामा ९० प्रतिशत कमी आएको अनुमान छ ।
आधिकांश खाद्य उत्पादनहरुमा लेविल लागेको हुन्छन् कि उत्पादनहरुमा कुनकुन तत्वहरुको प्रयोग गरिएको छ तर हाम्रो लापरवाहीको कारण वा अज्ञानतावश ती जानकारीलाई हामी पढ्दैनौं । तर यसलाई पढ्नु धेरै महत्वपूणर् मानिन्छ किनकी यसलाई पढ््नाले हामी कुन रसायनहरुको उपयोग आफ्नो भोजनमा गरिराखेका छौं एवम् रसायनहरुको हाम्रो शरीरमा के प्रभाव पार्ला यसको जानकारी राख्नु अन्यन्तै आवश्यक हुन्छ ।
विषालु रसायन हाम्रो शरीरमा कहाँबाट आउँछन् त ?
विषालु रसायन हाम्रो शरीरमा धेरै ठाउँबाट पुग्दछन् जसमा मुख्य श्रोत निम्न छन्
अधिक मात्रामा रसायनिक उर्वरक मल प्रयोग गर्नाले यी रसायनहरु माटोबाट चुसिएर रसायर भूजलमा मिसिन्छन् एवम् यस्ता जलको प्रयोग हामी पिउने पानीको रुपमा गर्दछौं । कृत्रिम तरिकाले फलफूल पकाउन एवम् तरकारीहरु ताजा राख्नका लागि पसलेले खतरनाक रसायन प्रयोग गर्दछन् जुन फलफूल तरकारी खाँदा हाम्रो शरीरमा पुग्दछ । डेरी पशुपालकहरुले गाई भैंसीबाट धेरै दुध लिनका लागि रसायनहरुको इन्जेक्सन लगाउँदछन् अनी यी रसायन दुधको माध्यमबाट हाम्रो शरीरमा पुग्दछ । बालीनाली, बोटविरुवा एवम् तरकारी बालीहरु माटोको प्रदूषणले गर्दा प्रभावित हुन्छन् । अनुपयुक्र धातुहरु एक तत्व यी तरकारीहरु एवम् अन्नहरुको माध्यमबाट हाम्रो शरीरमा पुग्दछ । सडकहरुमा सवारी साधनबाट निस्कने धुवाँमा विभन्न प्रकारका रसायन एवम् ग्यास मिसिएका हुन्छन् जनु सास लिँदा हाम्रो शरीरमा गएर फोक्सो एवम् स्वास नलीलाई प्रभावित गर्दछ । फैक्ट्रीहरुबाट निस्कने धुवाँ एवम् अपशिष्ट पदार्थ वातावरणको वायु एवम् पानीमा मिसिएर हाम्रो शरीरमा भित्र पुगेर नोक्सानी पुर्याउँदछ । अन्न एवम् तरकारीमा यी तत्वहरुको सांद्रण स्वास्थ्यका लागि धेरै नै हानिकारक हुन्छन् । निरन्तर प्रदूषित अन्न एवम् तरकारीहरुमा भारी मात्रामा तत्वहरुको मात्रा अनुपात भन्दा बढी भएमा विभिनन प्रकारका रोगहरु उत्पन्न हुन्छन् जसमा तंत्रिका तन्त्रलाई क्षती पुर्याउने खालका रोगहरु हृदयको रोग, मुत्ररोग, मष्तिष्कसँग सम्बन्धित रोग प्रमुख छन् । विभिन्न प्रकारको तत्व एवम् धातुहरु जुन विभिन्न तरिकाहरुबाट हाम्रो शरीरभित्र पुग्दछन् अनि हाम्रो स्वास्थ्यलाई प्रभावित गर्दछन् । यसको बर्गिकरण निम्न अनुसार छन्
क) पोषणको लागि आवश्यक तत्व
कोवाल्ट, क्रोमियम, तामा, आइरन, मैगनिज, मोलिब्लडनम, सेलोनियम र जस्ता ।
ख) सम्भावित फाइदा हुने तत्व
बोरान, सिलिकान, निकिल पैनेडियम।
ग) तत्व जस्को बारेमा शारीरिक लाभको कुनै प्रमाण छैन
एल्मुनियम, एन्टिमनी, आर्सेनिक, बेरियम, बेरिलियम, लीड, पारा, चन्डी एवम् स्ट्रोन्सिय मुख्य हुन् ।
हाम्रो शरीरका लागि पोषक तत्व एउटा निश्चित मात्रामा पाइयो भने यिनले विषालु तत्वलेझैं व्यवहार गर्न थाल्दछन् । हाम्रो शरीरमा जाने तत्वलाई तीन श्रेणीहरुमा बर्गीकरण गर्न सकिन्छ ।
क) अति महत्वपूणर् पोषक तत्व
यी तत्वहरु शरीरको चयअपचय कृयाहरु एवम् अंगहरुको व्यवस्थित सञ्चालनका लागि अति आवश्यक ठानिन्छन् । यीनमा कैल्सियम, मेगनिज, सोडियम एवम् पोटासियम प्रमुख मानिन्छन् ।
ख) शुक्ष्म पोषक तत्व
यी तत्व एवम् धातुहरु शरीरको लागि एक निश्चित मात्रामा पोषक तत्वको कार्य गर्दछन् तर अधिक मात्रामा भएका आफ्नो विषाक्त प्रदर्शित गर्न थाल्दछन् यिनमा सिलिकान, निकिल, बोरान एवम् वैलेडियम प्रमुख मानिन्छन् ।
ग) विषालु तत्व
यी तत्वहरु एवम् धातुहरु मानव शरीरका लागि विषालु प्रभाव उत्पन्न गराउँछन् । यिनीहरुबाट शरीरमा विभिन्न खालका विसंगतीहरु एवम् क्यान्स जस्ता रोग उत्पन्न हुन्छन् । यिनमा आर्सेनिक, क्रोमियम, लीड (सिसा), पारा प्रमुख छन् ।
तलको तथ्याङ्कहरुले इङ्गित गर्दछ कि मानिसमा तत्वहरुको कति मात्रा हुनु पर्दछ एवम् अधिकतम मात्रा जसले मानिसलाई नोक्सानी पुर्याउँदैन ।
तरकारीहरुमा विभिन्न तत्वहरुको सुरक्षित मात्रा
भारतीय परिवेशमा गरिएको एउटा अनुसन्धानात्मक सर्वेक्षणमा निम्न तथ्य फेला परेको छ ः हाम्रो आफ्नो परिवेशमा पनि यो भन्दा फरक के होला किनभने खाद्यमान फलफूल अनि तरकारीहरुमा त्यतैबाट आउने हो । मुलुक कृषि प्रधान भए पनि अनि कृषि उत्पादनमा आत्मनिर्भर भएको सरकारी दावी भए पनि औषत नेपालीहरुको भान्सामा पुग्ने यी जिनिस त दक्षिणी छिमेकी कै हो भन्न के पात्रो पल्टाई आइतबार कुरी बस्ने बरु जनस्वास्थ्य सुरक्षका लागि के पो गर्न सकिएला त्यतातर्फ आफैं सोच्दा बेस ।
एक औषत भारतीय नागरिक आफ्नो दैनिक आहारको साथमा ०.२७ मिलिग्राम डि.डि.टी. पनि आफ्नो पेटमा हल्दछ जसको फलस्वरुप औषत भारतीयको शारीरको तन्तुहरुमा एकीकृत डि.डि.टी. को स्तर १२.८ देखि ३१ पिपिएम अर्थात विश्वमा सबैभन्दा बढी देखिन्छ । यसैगरी गहुँमा किटनाशकको स्तर १.६ देखि १७.४ पिपिएम, चामलमा ०.८ देखि १६४ पिपिएम, दालहरुमा २.९ देखि १६.९ पिपिएम, मुङ्ग फल बदाममा ३.० देखि १९.१ पिपिएम, साग तरकारीमा ५.०० एवम् आलुमा ६८.५ पिपिएमसम्म डिडिटी पाइएको छ । महाराष्ट्रमा डेरीबाट बोतलमा बेचिने दुधको ९० प्रतिशत नमूनाहरुमा ४.८ देखि ६.३ पिपिएमसम्म डिल्ड्रीन पाइएको छ ।
खानेकुरालाई सुरक्षित बनाउनु हाम्रो सँस्कृति एवम् सभ्यताको हिस्सा मानिन्छ । आजभोली सबै खाद्य उत्पादनहरको संरक्षण विभिन्न प्रकारका परीक्षकहरुद्वारा गरिन्छ । यद्यपि यो गुणस्तर मानकहरुको आधारमा हुन्छ तर पनि यिनमा कैयौं लुकेका रसायन हुन्छन् जुन स्वास्थ्यको लागि हानिकारक हुन्छन् । हाम्रो भान्साका केही परीक्षक खाद्ययोजक एवम् स्वाद बढाउने रसायन ९ँबिखयगच० जुन शरीरमा अधिक मात्रामा पुर्याउँदा नोक्सानी गराउँदछन् जुन निम्न अनुसार छन् ः
कृत्रिम स्वाद फ्लेवर
खाना पकाउनाले खानाको गन्ध खत्तम हुन्छ त्यसैले खानाको प्राकृतिक गन्ध स्वाद दिनका लागि कृत्रिम फ्लेवरको प्रयोग गरिन्छ । यी फ्लेवरमा कैयौं प्रकारको रसायन हुन्छन् एवम् यीनमा कुनै पनि किसिमको पोषक तत्व हुँदैन । यी आजभोली सबैखाले खाद्य उत्पादनहरुमा पाइन्छ जसमा ब्रेड, सेरल्स, योगार्ट, सुप प्रमुख छन् । यी रसायनहरुले गला सुन्निने, रुघाखोकी एवम् स्मृति लुप्त हुने विकार गराउँदछ ।
समृद्ध पिठो
यस्ता पिठोमा निपासिन, धेमाइन, रइबो फलाविन, फोलिक एसिड आदि विषालु रसायन मिसाइएको हुन्छ ।
हाइड्रो जिनेटेड तेल
यी तत्वहरु बनाउने विधिमा यीनलाई अत्याधिक तापमा तताएर चिसो पारिन्छ । यस प्रक्रियामा यीन द्रव भएको भाग ठोस बोसोमा परिवर्तन हुने गर्दछ । यो मानव स्वास्थ्यको लागि हानिकारक हुन्छन् ।
मोनो सोडिएम ग्लुकोमेट ः यो काँचो उत्पादनहरुलाई संरक्षित गर्ने खालको पदार्थ मानिन्छ जुन अत्यन्त विषालु हुन्छ ।
शककर
धरै मात्रामा उपयोग भएमा यसले शरीरको मेटाबोलिक कृयाहरुलाई प्रभावित गर्दछ एवम् यसबाट मधुमेह उच्च रक्तचाप एवम् हार्मोन डिसअर्डरको विमारी उत्पन्न हुन्छ ।
पोटासियम एवम् सोडियम वेजोएट
सोडियम बेन्जेएटबाट खतरनाक कार्सिनोजेनिक विष बन्दछ केजोएट मानिसको डिएनएलाई नेक्सान पुर्याउँछ । यो प्रायजसो स्याउको अर्क जाम, सिरपमा मिसाइन्छ ।
सोडियम क्लोराइड
धेरै मात्रामा सेवन गर्नाले उच्च रक्तचाप एवम् मस्तिष्क सम्बन्धी रोगहरु हुनसक्छ । यसबाहेक व्युटिलिकृत हाइड्रोडाक्सीएनीसोल व्युटिलीकृत हाइडा्रो कसिटालवीननाइट्रेटस पोलीसारवेट ६०,६५,८० सल्फाइट तृतीएक व्यटाइल उदकुनैन ९त्द्यज्इ० कैनालो तेल इत्यादि अन्य रसायन छन् जसले शरीरलाई नोक्सानी पुर्याउँछन् ।
अब उपभोक्तालाई जागरुक बनाउनु पर्ने आवश्यकता छ । जहिले पनि हामी कुनै वस्तु बजारबाट किन्न जान्छौं हामी ती खाद्य उत्पादनमा टासिएको लेविल ध्यानले पढ्दैनौं । त्यस उत्पादनमा टाँसिएको लेविलमा त्यकसा संघटनहरु लेखिएको हुन्छ जसबाट हामी यो जान्न सक्दछौं कि त्यस उत्पादनमा कुन कुन रसायनहरुको प्रयोग भएका छन् । त्यसैले तपाईले घरमा जुनसुकै डिब्बाबन्द खानेकुरा प्रयोग गर्दे हुनुहुन्छ तिनको लेबलमा दिइएको जनाकारी विस्तारमा पढ्नुहोस् । व्याच नम्बर एवम्् प्याक गरिएको तिथि पनि अवश्य पढ्नुहोला । आजको युगमा अधिकांश विषालु खाद्य पदार्थहरुको श्रोत किटनाशकहरुलाई मानिन्छ ।
आजभोलीका कृषकहरु कुनै किसिमको स्वीकृत मापदण्ड विनानै खेतबारीमा रसायनिक मलखादहरु प्रयोग गर्दछन् । अधिकांश रसायनिक मलखाद बनाउने कम्पनीले सल्लाह दिएका हुन्छन् कसरी अनि कुन अनुपातमा एवं कति दिनको अन्तरले रसायनिक मलखादहरुलाई प्रयोग गरिनु पर्दछ । तर अज्ञानतावश वा लापरवाहीले गर्दा किसानहरु यी निर्देशनहरु मान्दैनन् एवम् आफ्नो मनोमानी ढङ्गले यिनको प्रयोग खेतबारीमा गर्दछन् । जसले गर्दा उत्पादित खाद्य पदार्थ विषालु भएर जनसमुदायलाई विमारीहरुको शिकार बनाउँदछ । तरकारी उत्पादन गर्नै कृषकहरुले आफ्नो तरकारी सागपातहरुलाई बजारमा लानुभन्दा पहिले खतरनाक रसायनमा डुबाउँछन् । उनीहरुको मानयता छ कि यसो गर्नाले तरकारीको चमक एवम् ताजगी बढ्नेछ एवम् बढी मूल्य पाइनेछ । यस मानसिकतालार्य बदलीनका लागि कृषकरुलाई प्रशिक्षण दिनु आवश्यक छ । रसायनिक मल खादहरुको बजारलाई नियमन नियन्त्रण गर्नु आवश्यक छ । यसको लागि रसायनिक मल खाद बेच्ने लाइसेन्स ती व्यापारीलाई दिनु पर्दछ जसले कृषकहरुलाई प्रशिक्षण एवम् पूणर् सल्लाह सुझाव दिई मलखाद बेचुन । यसबाहेक कृषि एवम् पशुजन्य उत्पादनहरुमा कुनै पनि खाले रसायनिक औषधिजन्य अवशेष नहोस् भन्नका लागि थलोेदेखि थालसम्म अनी गोठदेखि ओठसम्मको उत्पादन एवम् बजार श्रृङखलाको प्रत्येक खुड्किलोहरुमा यस बारे छड्के जाँच अनुगमन एवम् निगरानीको व्यवस्था गर्नु पर्ने राज्यको अनिवार्य दायित्व हुनुपर्ने हुन्छ । यसरी गरिने अनुगमन नियमनको बेला उत्पादन बजारीकरण श्रृङखलाको जुन विन्दुमा कैफियत भेटिन्छ त्यस्ता उत्पादकहरुलाई मानवीय खाद्य श्रृङखलामा प्रवेश निषेध गरिनु पर्दछ अनिमात्र हाम्रो जनस्वास्थ्य सुरक्षित रहनेछ । जसबाट खाद्य सुरक्षा एवम् खाद्य स्वास्थ्य सुरक्षा पनि प्रत्याभूति हुनसकोस् अन्यथा यथास्थितिमा हाम्रो जनसमुदायको जनस्वास्थ्य भगवान भरोसामानै अलपत्र त हुने नै छ अनि ती महँगा स्वास्थ्य सेवा प्रदायक नर्सिङ्ग होममा नै हामीले भर पर्नुपर्ने हुन्छ । विश्वबजार संगठनले स्यानेटरी एण्ड फइटो सेनेटरी यसका लागि भनेको होला ।
सेवा निवृत्त बरिष्ठ पशुचिकित्सक, प्रमुख भेटेरिनरी जनस्वास्थ्य कार्यालय, त्रिपुरेश्वर