‘लागूऔषधकर्ता बिरामी हुन्, उनीहरुलाई उपचारको खाँचो छ’
Friday, June 17th, 2022, 9:51 am
Kalpristha
जुन कोठाको सम्पूणर् सामान बिक्री गरेर सिध्याएका थिए मगरले उही कोठामा आफूलाई सिमित राख्नु पर्यो, उनले । घाइते मगर न कतै जानसक्थे, न कसैसँग कुराकानी गर्न सक्थे न त लागूऔषध नै प्रयोग गर्न सक्थे ।
विक्रम बुढाक्षेत्री
कोहलपुर नगरपालिकामा सम्भव पुनस्र्थापना केन्द्र संचालन गरिरहेका ३८ वर्षीय सन्तोष सारु मगर बोल्दा उनको ओठ कापिरहेको जस्तो देखिन्छ । उनी बोल्दा अलि हडबडाएको जस्तो सहजै प्रस्तुत हुन्छ ।
चेन्ज नेपाल नवदृष्टि महिला पुनस्र्थापना केन्द्रले नेपालगन्जमा बिहीबार आयोजना गरेको लागू औषध दुरुपयोग तथा ओसार पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा सरोकारवाला निकायसँग समन्वय बैठकमा मगरले पनि आफ्ना कुरा प्रस्तुत गरेका थिए । उनी भन्थे, ‘यो लागूऔषध यस्तो चिज हो । जसका लागि मानिसले जे पनि गर्न सक्छ ।’
मगर लामो समय लागूऔषधको सिकार भएका थिए । ‘१७ वर्ष खेर फाले । धेरै चिज गुमाए,’ उनले कलपृष्ठकर्मीसँग कुरा गर्दै भने ।
मगरले लामो समय लागूऔषधको प्रयोग गरिरहँदा सिरिन्ज पनि प्रयोग गरेको बताउँछन् । सुरुमा पारिवारबाट लुकिछिपी सेवन गर्ने बानी बसेपछि मगरले लागूऔषधका लागि झुट बोल्न सुरु गरे । घरमा रहेका केही कुरा पनि बाँकी राखेनन् । जे पाउँथे त्यही बिक्री गरेर उनी लागूऔषध प्रयोग गर्थे । यहासम्मकी उनले आफ्नो कोठाको ऐना र खाट बाहेक सबै बिक्री गरिसकेका थिए ।
‘मैले के चाही बिक्री गर्न छोडिन होला । मेरो केठामा एउटा ऐना र खाटमात्र बाँकी थियो । बाँकी घरको सामान पनि बेचेर भ्याए,’ मगरले बताए ।
कोठाको ऐना चाही बिक्री गर्न परेन भनेर प्रश्न गर्दा मगर, ‘अब लागूऔषध खाएपछि आफूलाई राम्रो देखाउन ऐना हेर्नु पर्छनी । त्यो खाएपछि आफैंले आफूलाई राम्रो देखिँदो रहेछ । त्यही भएर कोठामा एउटा ऐना चाही थियो ।’ तर त्यो मानसिकता गलत भएको उनी बताउँछन् ।
मगर अहिले अरु लागूऔषधकर्ता देख्दा उ बिरामी भएको जस्तो, अनुहारमा एक किसिम सामान्यपन नदेखिने बताउँछन् । उनले भने, ‘पहिला आफूले आफूलाई राम्रो ठानिन्थ्यो । तर त्यो गलत रहेछ । अहिले अरु लागूऔषध खानेलाई हेर्दा मेरो विगत याद आउछ । वास्तबमा मैले आफूलाई जति लुकाउन खोजे पनि समाजले त्यो देखि हाल्दो रहेछ ।’
लागूऔषध सेवनकै कारण समाजका मानिसहरु आफूदेखि तर्केर हिड्ने गरेको उनले बताए । समाजका हरेक व्यक्तिसँगको सम्बन्धलाई आफूले तोडेको उनले सुनाए ।
‘एउटा उखान छ नि बाँघ आयो वाला । हो त्यस्तै भएको थियो मेरो पनि । घरपरिवारहरुले पनि कति विश्वास गरुन के । अब म केही गर्छु भन्दा पनि कसैले विश्वास गर्थेनन् । हुन पनि हो । मैले कसरी हुन्छ लागूऔषध खानको लागि हरसम्मतका विश्वासलाई छोडेको थिए,’ मगरले भने ।
उसोत मगरलाई लागूऔषध छोड्ने चाह नआएको चाही होइन । उनले धेरै बाहनामा लागूऔषध छोेड्ने कोसिस गरेका थिए । उनले भने, ‘अब चाही छोड्छु भनेर धेरैपटक कोसिस पनि गरे । तर पैसा भएपछि फेरि सुरु भई हाल्थ्यो । कतिपटक अब नयाँ वर्षदेखि छोड्छु । कहिले दशँैबाट छोड्छु भन्ने लाग्थ्यो फेरि पुरानै पारा ।’
हरेक मानिसको जीवनमा परिवर्तनका लागि समय आउँछ भने झै, मगरको जीवनमा पनि परिवर्तनका लागि एउटा समय आयो । त्यो समय थियो, उनको झगडा ।
एकदिन मगर लागूऔषध प्रयोग गरेकै समयमा ठूलो झगडामा परे । अर्का लागूऔषध प्रयोग गरेका व्यक्तिहरुसँग उनको झगडा भएको थियो । झगडामा मगर खुट्टामा ठूलै चोट लागेर घाइते भए र एउटा कोठामा सिमित भए । जुन कोठाको सम्पूणर् सामान बिक्री गरेर सिध्याएका थिए मगरले उही कोठामा आफूलाई सिमित राख्नु पर्यो, उनले । घाइते मगर न कतै जानसक्थे, न कसैसँग कुराकानी गर्न सक्थे न त लागूऔषध नै प्रयोग गर्न सक्थे ।

सन्तोष सारु मगर
विगतमा आफूलाई समाजको अगाडि राम्रो देखाउन प्रयोग गर्ने एनाले अब उनको वास्तविक्ता देखाई रहेको थियो । दैनिक त्येही एनालाई हेरेर आत्मग्लानी गर्नुको अर्को विकल्प थिएन मगरसँग ।
उनलाई परिवर्तन गराउन उनको कोठामा रहको एनाको ठूलो हात रह्यो । विगतमा आफूलाई समाजको अगाडि राम्रो देखाउन प्रयोग गर्ने एनाले अब उनको वास्तविक्ता देखाई रहेको थियो । दैनिक त्येही एनालाई हेरेर आत्मग्लानी गर्नुको अर्को विकल्प थिएन मगरसँग ।
‘आफूलाई त्यही एनामा हेर्थे । आफैंप्रति घृणा लागेर आउथ्यो । आफैंले आफैंलाई पत्तुर भएको महसुस गर्थे । आमालाई रुवाएका दिनहरु याद आउँथ्यो । मैले मेरो १७ वर्षमात्रै हैन सबै कुरा गुमाएको महसुस हुन्थ्यो,’ मगरले बताए ।
मगर निको हुने क्रमसँगै उनको संगत लागूऔषध प्रयोगबाट मुक्त भएका अग्रज व्यक्तिहरुसँग भयो । उनीहरुको अभिमुखीकरण, सरसल्हाले उनलाई लागूऔषधबाट टाडा लैजना सहयोग गर्यो । आफूलाई परिवर्तन गर्न मगर २३ महिना पुनस्र्थापना केन्द्रमा पनि बसे ।
उनी भन्छन्, ‘यो लागूऔषधदेखि टाडा लैजान अग्रज दाजुहरुको पनि ठूलो हात छ । उहाँहरुले मलाई सधैं सम्झाउनु हुन्थ्यो । जीवन के हो बताउँनु हुन्थ्यो । आज आफैंलाई देखेर खुसी लाग्छ । विगतमा गुमाएका चिजहरु फेरि वापस आएका छन् । मानिसहरुले मलाई विश्वास गर्न लाग्नु भएको छ ।’
मगर आफूसँगै लागूऔषध सेवन गर्ने केही व्यक्तिहरुको मृत्यु भई सकेको बताउँछन् । साथै केही व्यक्तिहरु अझै पनि लागूऔषध सेवन गरिरहेको उनले बताए ।
हाल मगरको २ वर्षकी छोरी र एक श्रीमति छन् । उनी आफूले संचालन गरेको पुनस्र्थापना केन्द्रका बिरामीहरुलाई आफ्नो जीवनी बताउने गर्छन् । उनीहरुलाई परिवर्तन गर्न खोजिरहेका छन् ।
मगर लागूऔषध कर्तालाई हेलाको नजरले भन्दा उनीहरु बिरामी भएको ठान्नु पर्छ । उनीहरुलाई उपचार गराउनु पर्छ । ‘लागूऔषधकर्ता बिरामी हुन्, उनीहरुलाई उपचारको खाँचो छ’, मगर बताउँछन् ।
मगर त बाँके जिल्लाका एकमात्र पात्र हुन् । जो लामो समय लागूऔषध सेवनबाट मुक्त भए र नयाँ जीवन सुरु गरेका छन् । बाँकेमा मगर जस्तै १७ जनाले पुनस्र्थापना केन्द्र खोलेर लागूऔषध कर्तालाई सुधार्न लागेका छन् ।
लागू औषध हाम्रो समाजको जड भई सकेको छ । यसमा पुरुषमात्र नभएर महिलाको संलग्नता पनि बढ्दै गएको छ ।