साधारण सभामा सहभागी हुने निर्णयबारे न्युयोर्क च्याप्टरमा पनि असन्तुष्टी
Friday, April 21st, 2017, 10:34 am
amit
न्युयोर्क- यही २२ तारिखमा भर्जिनियामा हुन लागेको नेपाली जन सम्पर्क समिती अमेरीकाको प्रथम साधारण सभामा भाग लिने विषयमा नेजसको न्युयोर्क च्याप्टरमा पनि असहमती देखिएको छ ।
न्युयोर्क च्याप्टर सभापती रोशन ढुंगानाले च्याप्टरले संस्थागत रुपमा साधारण सभामा भाग लिने निर्णय गरेको स ुचना सार्वजनिक गर्ने बित्तिकै च्याप्टरका अन्य पदाधिकारीले असन्तुष्टी जनाएका छन् ।
सभापती ढुंगानाले भने जसरी संस्थागत रुपमा साधारणसभामा सहभागी हुने भन्ने निर्णय नभएको बताउंदै च्याप्टर उपाध्यक्ष अशोक ज्ञवाली लगायतका पदाधिकारीले साधारण सभामा संस्थागत रुपमा न्युयोर्क च्याप्टर सहभागी हुने भन्ने समाचार प्रती ध्यानाकर्षन भएको बताएका छन् ।
यसरी असन्तुष्टी जनाउनेमा च्याप्टर उपाध्यक्ष ज्ञवाली सहित सह सचिव अनिल पाण्डे, कोषाध्यक्ष मोना शर्मा तथा सदस्यहरु मनोज शर्मा, नबराज भट्ट, पुष्कर पाठक, निर्मला घिमिरे, बृद्धा राई, अनन्त स ुबेदी र रिसी अधिकारी रहेका छन् । च्याप्टरका असन्तुष्ट पदाधिकारीले साधारण सभा र प्रतिनिधी भेला बिबादीत बनेको तथा बिधानमा नेपाली कांग्रेसका दफाहरु ह्टाई बिस ुद्ध सामाजिक संस्था बनाइएको प्रती आफुहरु असन्तुष्ट रहेको बताएका छन् ।
च्याप्टरको बैठकले साधारण सभामा जाने नजाने भन्ने विषयमा कुनै निर्णय नगरेको र आफुहरु दुबै भेलामा सहभागी नहुने असन्तुष्ट पदाधीकारीको निर्णय रहेको बताइएको छ ।