विवाहपूर्व सिकलसेल जाँच गर्नेकी ?
Monday, June 20th, 2022, 5:00 pm
Kalpristha
विक्रम बुढाक्षेत्री
मुख्यतय थारू समुदायमा देखिने गरेको सिकलसेल रोगको पूणर् निदान छैन । यो रोग थारु जातिबाहेक अन्य जातिमा पनि देखिने गरेको छ । सिकलसेल रोगले मानिसको मृत्यु तुरुन्तै हुने नभएता पनि यसको असर वंशाणुगतरुपमा देखिँदै जाने गर्दछ । यद्यपि औषधिको दायरामा रहेका सिकलसेल रोगीको उमेर ५० देखि ६० वर्ष रहने गर्दछ ।
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन एवम् विभागीय प्रमुख तथा सिकलसेल विज्ञ डा. राजन पाण्डेका अनुसार सिकलसेलका बिरामीले विवाह नै गर्न नहुने बताउँछन् । उनका अनुसार सिकलसेल भएका दम्पत्तिबाट जन्मेका बालबालिकामा पनि १०० प्रतिशत सिकलसेल रोगको सम्भावना रहन्छ ।
२०६८ देखि हालसम्म नेपालगन्जमा रहेको भेरी अस्पतालबाट ४ हजार सिकलसेलका बिरामी पहिचान भइसकेको डा. पाण्डेले बताए । जसमध्ये हाल ८ सय ९४ जना नियमित औषधिको दायरामा रहेका छन् । जसमा अधिकांश थारु समुदायका व्यक्तिहरु रहेको पाण्डेले बताए । सिकलसेल पहिचान हुनेमा १ वर्षदेखि ७१ वर्ष उमेरका व्यक्तिहरु रहेको उनले बताए ।
महिलामा सिकलसेल रोगले धेरै प्रभाव पार्ने गरेको पाइन्छ । डा.पाण्डेका अन्य रोगहरुभन्दा सिकलसेलले महिलाहरुलाई २२ गुणा असर गर्ने गर्छ ।
नेपालमा थारु जाती जनसंख्या चौथों स्थानमा रहेको छ । त्यसमाथि थारु नेपालको पश्चिम क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेको छ । सिकलसेल पश्चिम नेपालका थारु समुदायमा २० प्रतिशत रहेको पाण्डेले बताए । यसरी थारु समुदायमा अझै पनि १६ हजार बढी सिकलसेलका बिरामी पहिचान हुन बाँकी रहको पाण्डे बताउँछन् ।
डा. पाण्डे समाजमा अझै पनि धेरै सिकलसेलका बिरामी रहेको बताउँछन् । उनका अनुसार सिकलसेलका बिरामीको पहिचान हुन नसकेकाले यसको तथ्यांक कम देखिएको हो ।
उसोत स्वास्थ्य कार्यालय बाँकेले थारु जातिको बाहुल्यता रहेको राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र ७ मा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीमा सिकलसेलको चेकजाँच सिविर संचालन गरेको छ । शिविरमा ३ सय ७३ जनाको चेकजाँच गर्दा ६३ जनामा सिकलसेल पहिचान भएको छ । यो तथ्यांक उच्च जोखिम रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए ।
पहिचान भएका बिरामीमा १७ प्रतिशत लुकेर रहेको सिकलसेल बिरामी रहेका छन् । कार्यालयले असार मसान्तसम्म २ हजार नमूना चेकजाच गर्ने लक्ष्य लिएको छ ।
शाहका अनुसार सिकलसेल वंशाणुगत गर्ने भएकाले विवाहपूर्व उमेरका बालबालिकाको नमूना परीक्षण गरिएको हो । शाह पनि सिकलसेल भएका बिरामीले विवाह नगर्न सुझाउ छन् ।
उनी भन्छन्, ॅविवाह गर्ने अवस्था हरेरमात्र विवाह गर्दा यस्को रोकथाम गर्न सकिन्छ । यसले वंशाणुगतरुपमा असर दिने भएकाले यसलाई विवाहपूर्व नै सचेत गराउनु पर्छ ।’ उनका अनुसार भेरी अस्पतालमा निःशुल्क सिकलसेलको चेकजाँच गरिन्छ ।
चिकित्सकहरूका अनुसार सिकलसेल एनिमिया मलेरिया प्रभावित क्षेत्रका मानिसको रक्तकोषमा देखिने समस्या हो । बाबुआमा दुवैलाई त्यो रोग छ भने छोराछोरीलाई पनि त्यही रोग लाग्ने सम्भावना २५ प्रतिशत रहने चिकित्सकहरू बताउँछन् ।
यस रोगको अवस्थालाई हेर्ने हो भने बिरामीको रगतमा सिकलसेलको मात्रा ४० प्रतिशतभन्दा कम भएको अवस्थालाई ‘ट्रेट’ भनिन्छ । सिकलसेलको मात्रा ६० प्रतिशतभन्दा बढी पुगेपछि रोगले समातेको मानिन्छ ।
थारु समुदायमा देखिने सिकलसेल एनिमियाले वर्षेनी धेरैले ज्यान गुमाउने गर्दछन् । तर यसको यकिन तथ्यांक भने अहिलेसम्म सरकारसँग छैन । यसको मुख्य समस्या भनेको यस रोगको पहिचान हुन नसक्नु नै हो । मानिसहरुलाई लक्षणहरू देखा पर्दा अन्य रोगको उपचार गर्ने गरिन्छ तर सिकलसेलको पहिचान हुँदासम्म बिरामीले लाखौँ रुपैयाँ गुमाइसकेको हुन्छ ।
अहिले नेपाल सरकारले पनि सिकलसेल रोग राष्ट्रिय कार्यक्रममा समोश गरेको छ । डा. पाण्डे भन्छन्, ‘हिजोका दिनमा यो समस्या हो भनेर बुझाउन गाह्रो थियो । अहिले सिकलसेलका लागि सरकारले बजेट नै छुट्याएको छ ।’
.
आर्थिक वर्ष २०७९/८० का लागि लुम्बिनी प्रदेश सरकारले सिकलसेल रोगथामका लागि ३ करोड बढी रकम विनियोजन गरिसकेको छ भने केन्द्र सरकारले पनि कार्यक्रम संचालन गर्ने भएको छ ।
सिकलसेलको प्रभाव नेपालमा मात्र नभएर विश्वभरी नै रहेको छ । विश्वका ५ प्रतिशत व्यक्तिमा सिकलसेलको प्रभाव रहेको तथ्यांकहरु रहेका छन् । त्यसमा पनि वेष्ट अफ्रिकामा ४० प्रतिशतसम्म सिकलसेलको प्रभाव रहेको पाइन्छ ।
डा. पाण्ड सिकलसेलको रोकथाम भनेकै पूर्वतयारी भएकाले रगतजाँच गरेर कुण्डली मिलाइ विवाह गर्दा नियन्त्रण गर्न सकिने बताउँछन् । उनले सिकलसेलबाट आफ्ना सन्तानलाई बचाउनका विवाहपूर्व सिकल/थालेसीमीया कुण्डली बताएका छन् ।
उनले तयार पारेको विवाह कुण्डलीमा कस्ताले कस्तासँग विवाह गर्ने भन्ने विषयलाई प्राथमिकता दिइएको छ । उक्त कुण्डलीमा सामान्य, वाहक (अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई तथा अहिलेको पुस्तामा रोग नदेखिएको तर उसका सन्तानमा रोग देखिन सक्ने) र बिरामी गरी तीन श्रेष्णीमा छुट्याइएको छ ।
विवाह कुण्डलीमा सिकलसेलका बिरामी-बिरामीबीच विवाह गर्नै नमिल्ने उल्लेख गरिएको छ । ५० प्रतिशत बिरामी र ५० प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । पच्चीस प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दा पनि सोचविचार गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै बाहक-बाहक, ५० प्रतिशत सामान्य र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख गरिएको छ ।
तसर्थ सन्तानलाई सिकलसेलबाट बचाउनका लागि रगत जाँच गरेर मात्रै विवाहको कुण्डली मिलाउनुपर्ने डा. पाण्डे, प्रमुख शाह बताउँछन् ।