कृषिलाई प्राथमिकता दिँदै खजुरा
Thursday, June 23rd, 2022, 8:00 pm
Kalpristha
खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७९-०८० मा कृषिलाई प्राथमिकता दिँदै प्रत्येक नागरिकले खजुरा निर्माणमा योगदान पु¥याउने जनमैत्री नीतिलाई अंगिकार गरेको छ । बिहीबार खजुरामा आयोजना गरिएको गाउँपालिकाको ११औं अधिवेशनमा पालिका अध्यक्ष डम्बर विक ‘तुफान’ ले ‘हामी आफंै बनाउँ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा’ मूल नारासहित आगामी नीति तथा कार्यक्रम पेस गरेका हुन् ।
कार्यक्रममा प्रत्येक वडामा कृषि उत्पादनलाई जोड दिन कृषि प्राविधिकको व्यवस्था गर्ने र १ वडा १ पकेट क्षेत्र कार्यक्रम विस्तार गर्ने नीति लिइएको विकले जनाए । त्यस्तै किसानलाई मल, बीउ खरिद गर्न पालिकाले आवश्यक सुविधा उपलब्ध गराउने, पालिकामा व्यवस्थित मासुपसल संचालन गर्ने, कृषि उपज वस्तुको मूल्य तोक्ने र त्यसलाई बजारीकरण गर्ने जनाइएको छ ।
त्यसैगरी कृषिमा आधारित उद्योग संचालन गर्ने सहकारीलाई विशेष अनुदानको व्यवस्था, व्यवसायिक पशुपंक्षि पालिकालाई भौतिक पूर्वाधार निर्माणमा प्रोत्साहन, सिँचाइका लागि दीर्घकालीन गुरुयोजना निर्माण, घाँस उत्पादनका लागि पकेट क्षेत्रको विकास, पालिकालाई कृषि तथा पशुपंक्षिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन जोड, ‘हरेक गृह हरित गृह’ अभियान संचालनलाई जोड दिइएको छ ।
पालिकाले बाँझो जमिनलाई उत्पादनसँग जोड्ने, कृषि एम्बुलेन्सको व्यवस्था, पालिकामा निर्माणाधीन कोल्ड स्टोरलाई संचालन लगायतको नीति लिएको छ ।
……
त्यस्तै शिक्षामा पालिकालाई पहिलो रोजाइको शैक्षिक गन्तव्य बनाउन दीर्घकालीन योजना निर्मााण, आधारभुत तहको शिक्षालाई निःशुल्क तथा अनिवार्य, सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क, पालिकामा रहेको सामुदायिक क्यामपसमा दलित, मुश्लिम, मधेशी, आदिवासी, जनजातिका छोरीहरुलाई निःशुल्क स्नातक शिक्षाको नीति पालिकाले लिएको विकले बताए ।
त्यस्ते पालिकामा सुविधासम्पन्न पुस्तकालय, आगामी आर्थिक वर्षदेखि स्थानीय पाठ्यक्रमको निर्माण, सामुदायिक विद्यालयमा यातायातको व्यवस्था विस्तार, विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रमलयातका कार्यक्रम संचालन गर्ने विकले बताए ।
युवा तथा खेलकुदअन्तर्गत पालिकास्तरीय खेलकुद परिषद् स्थापना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक विजेतालाई पुरस्कार तथा सम्मान, सिपमूलक तालिम संचालन, एक व्यक्ति एक रोजगार कार्यक्रमको लक्ष्य दिइने नीति पालिकाले दिएको छ ।
भौतिक पूर्वाधारमा अधुरा योजनाहरुलाई पूर्णता दिन आवश्यक बजेट विनियोजन, पालिकास्तरीय भौतिक पूर्वाधारमा अपांगमैत्री पूर्वाधारलाई जोड, सडक निर्माण, विद्युत् लाइन प्रसारणका लागि समन्वयलगायत रहेको छन् ।
साथै स्वास्थ्य खानेपानी तथा सरसफाइ, सार्वजनिक सेवा प्रवाह सुशासन तथा संस्थागत विकास, प्रभावकारी न्यायिक समिति, लैङ्गिक समानता, संस्कृति पर्यटनको विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन, घरेलु तथा साना उद्योगको विकास, भूमि व्यवस्थापन, पारिवारिक अभिलेखिकरण, सूचना तथ संचारको पहुँच, राजश्व र वित्तीय व्यवस्थापनसम्बन्धी नीति तथा कार्यक्रम खजुरा गाउँपालिकाले ल्याएको छ ।