नेजस अमेरीकाको सधारण सभा सम्पन्न, सेप्टेम्बरमा च्याप्टर र नोभेम्बरमा केन्द्रिय अधिबेसन
Monday, April 24th, 2017, 1:54 am
amit
भर्जिनिया (अमेरीका) – बिभिन्न निर्णयहरु गदैै जन सम्पर्क समिती अमेरीकाको प्रथम ऐतिहासिक साधारण सभा अमेरीकाको भर्जिनियामा सम्पन्न भएको छ ।
साधारण सभाले अमेरीकाभरका च्याप्टरहरुको अधिबेसन आउने सेप्टेम्बर सम्म सक्न च्याप्टर गाइडलाइन पास गर्दै आगामी नोभेम्बरमा केन्द्रिय अधिबेसन गर्ने निर्णय गरेको छ ।
शनिबार अबेर सम्म सांस्कृतिक कार्यक्रम सहित चलेको साधारण सभाले डालस अधिबेसन भन्दा पहिलेको आर्थिक हिसावकिताव पारदर्शी बनाउन अमृत भट्टराइको संयोजकत्वमा एक आर्थिक समिती बनाएको छ जसले च्याप्टरले कति पैसा उठाएका हुन र कति खर्च भयो तथा कती बुझाए नबुझाएको स्पष्ट पारेर प्रतिबेदन बुझाउने छ ।
यस्तै साधारण सभाले जन सम्पर्क समितीलाई ५०१ सी अनुसार नै चलाउने या फरक तरिकाले दर्ता गरेर अगाडी बढ्ने निक्यौल गर्न पनि एक समिती बनाइएको छ । नेजसका कानुन बिभाग प्रमुख पिताम्बर भुषालको संयोजकत्वमा गठित तिन सदस्यिय यो समितीले अमेरीकी कानुन, नेपाली कांग्रेसको बिधान तथा सबै पक्षसंग सल्लाह गरेर प्रतिबेदन बुझाउने बताइएको छ समितीको सदस्यमा बरिष्ठ उपाध्यक्ष धनन्जयनरसिंह के सी र बिनोद भट्ट रहेका नेजस अमेरीका प्रचार बिभाग प्रमुख गोकुल ढकालले बताउनुभयो ।
सो अवसरमा कानुनबिद तथा नेपाल सरकार परारष्ट्र मन्त्रालयका अवैतनिक सल्लाहकार खगेन्द्र जि सी, खेलाडिद्धय रुप कार्की र उज्ज्वल ठकुरी, रक्तदाता अर्जुन मैनाली र नेपाली कांग्रेसका ज्युंदा सहिद भनेर चिनिएका प्रजातन्त्र सेनानी गणेश बहादुर कार्कीलाई अमेरीकामा नेपाली समाजलाई दिएको योगदानको चर्चा गर्दै सम्मान गरिएको थियो ।
नेपाल सरकारका खानेपानी तथा सरसफाई मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य जिवन बहादुर शाहीले उद्घाटन गरेको साधारण सभामा अमेरीकाका लागी नेपाली राजदुत डा. अर्जुन कार्की, नेपालका लागी पुर्व अमेरीकी राजदुत स्कट एच डेलीसी, गैर आवासीय नेपाली संघ एनआरएन अमेरीकाका अध्यक्ष डा. केशव पौडेल, नेपाल सरकार परारष्ट्र मन्त्रालयका अवैतनीक सल्लाहकार तथा एनआरएन अमेरीकाका पुर्व अध्यक्ष खगेन्द्र क्षेत्री, महावानिज्य दुत पे्रमराजा महत, वानिज्य दुत कृषु क्षेत्री लगायत नेजस अमेरीकाका बिभिन्न च्याप्टरबाट सहभागी पदाधिकारी सहित कांग्रेसमा आस्था राख्नेहरुको उल्लेख्य सहभागीता रहेको साधारण सभामा जय नेपाल नामक स्मारिकाको बिमोचन समेत गरिएको नेजस अमेरीका प्रचार बिभाग प्रमुख ढकालले जानकारी दिनुभयो ।
साधारण सभा सकिए संगै अधिबेसनको मिती पनि तोकिएकोले अव नयां नेतृत्वमा सबै आकांक्षीको आंखा जाने बताइएको छ । बर्तमान अध्यक्ष आनन्द बिष्टले अर्को कार्यकाल नदोहोर्याउने स्पष्ट पारीसकेका छन् ।