जमुना भन्सारमा भेटियो शंकास्पद कन्टेनर, चालक र सह–चालक फरार
Friday, July 1st, 2022, 6:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ असार
बाँके प्रहरीले शुक्रबार भन्सारबाट संकास्पद रुपमा एक भारतीय नम्बर प्लेटको कन्टेनर नियन्त्रणमा लिएको छ ।
नेपाल–भारत सिमाना नजिकै भन्सार अगाडीको चेकपोस्टमा कन्टेनरका चालक र सहचालक प्रहरीले चोकजाँच गर्नु अघि फरार भएका थिए ।
आरजे–०९ जिबी–४५४२ नम्बरको ट्रकमा २ सय ५० बोरा संकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । त्यसको चेकजाँचका लागि भन्सार कार्यालय बाँकेलाई बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
कन्टेनरमा भेटिएका बोरामा लागुऔषध लुकाएर भारततर्फ लैजादै गरेको आशंका प्रहरीले गरेको छ । तर त्यसको अनुसन्धान भैरहेको बाँके प्रहरीले कालपृष्ठ दैनिकलाई बताएको छ ।
प्रहरी चेकिङ पोस्टमा पुगेपछि चालक र सहचालक भागेपछि त्यसमा प्रहरीले अवैध वस्तु हुन सक्ने भन्दैं अनुसन्धान सुरु गरेको छ । कन्टेनर छोडेर चालकहरु भागेपछि केहि बेर भन्सार क्षेत्रका हल्ला खल्ला मच्चिएको थियो ।
चालकहरु किन कन्टेनर छोडेर भागे भन्ने बारेमा सोधपुछ भएपछि प्रहरीले कन्टेनरलाई नियन्त्रणमा लिएको थियो । यसका बारेमा थप अनुसन्धान भैरहेको र त्यसको बारेमा पछि जानकारी गराउने बाँके प्रहरीले जनाएको छ ।