डोल्पामा पहिलोपटक आर्थिक मितव्ययिता अपनाउन प्रतिबद्धता
Saturday, July 2nd, 2022, 3:32 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १८ असार
डोल्पा जिल्लास्थित सरकारी तथा गैह्रसरकारी कार्यालयका प्रमुखहरुले पहिलोपटक आर्थिक मितव्ययिता अपनाउन फजुल खर्च नियन्त्रणका साथै वातावरण संरक्षणमा प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीको अध्यक्षतामा बसेको बैठकले उक्त निणर्यका साथ प्रतिबद्धता जाहेर गरेको हो ।
त्यस्तै बैठकमा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न स्थानीय उत्पादनलाई जोड दिनेसमेत निणर्य भएको छ । सरकारी, गैह्रसरकारी तथा संघ-संस्थाहरुले जिल्ला भित्रका कृषकहरुले उत्पादन गरेका कृषि उपजबाट तयार गरिएको खाजालाई अनिवार्य प्राथमिकता दिर्ने निणर्य भएको हो ।
कुनै पनि संस्थामा खुवाइने खाजा जिल्ला भित्र कृषकले उत्पादन गरेको हुनु पर्नेमा अनिवार्यता गराइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तैगरी सरकारी वा सार्वजनिक निकायहरुले भत्ता वितरण वा अन्य कार्य सम्पन्न गरेवापत उपलब्ध गराइने नगद वितरण गर्दा खामको प्रयोग नगरी खुल्ला गर्नु पर्ने, प्रत्येक कार्यालयले कार्यालय परिसरमा कम्तिमा ५ वटा रुख रोपी वृक्षारोपण गर्ने, परिसरभित्र फूलहरु रोप्ने र यसको सौन्दर्यता झल्कने गरी सजावट गर्नुका साथै तस्विर झल्कने विवरणसहित हरेक महिनाको कार्यालय प्रमुखको बैठकमा अनिवार्य उपस्थित हुनु पर्ने निणर्यसमेत बैठकले गरेको छ ।
सार्थ अब ॅताजा तरकारी खाऔं स्वस्थ बनौ’ भन्ने नाराका साथ प्रत्येक कार्यालयले आ-आफ्नो कम्पाउण्ड भित्र करेसावारी बनाई तरकारी खेती गर्ने, कम्पाउण्ड नभएकालाई कौसी खेती उत्पादनलाई जोड दिनु पर्नेछ ।
वर्तमान संविधानको धारा २७ मा व्यवस्था भएको नागरिकको सूचनाको हकलाई सरलीकृत प्रभावकारी रुपमा कार्यान्वयनका साथै आर्थिक पारदर्शिताका लागि बैठक सेमिनार तथा गोष्ठी संचालन गर्दा हुने खर्च बजेटको पूणर् विवरण सहभागी सबैले स्पष्टरुपमा देखिने थाहा पाउने गरी पेश गरेपश्चात मात्र कार्यक्रम औपचारिक रुपमा संचालन गर्नु पर्ने बैठकले गरेका पाँच निणर्यको प्रभावकारीताको लागि अनुगमन निरीक्षण तथा मूल्यांकन गरी पुस्कृतसमेत गरिने निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीले बताए ।