नेपालगन्जमा भानुभक्तको शालिक अनावरण गरियो
Saturday, July 2nd, 2022, 6:33 pm
Kalpristha
नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २ न्यूरोडस्थिति भानुभक्त चोकमा आदिकवि भानुभक्त आचार्यको शालिक स्थापना गरिएको छ । शनिबार पहिलोपटक नेपालका राष्ट्रिय विभूतिको शालिक स्थापना गरिएको हो ।
आदिकवि भानुभक्त आचार्यको अर्ध कदको उक्त शालिक नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतिले शनिबार विहान अनावरण गरेका हुन् ।
शालिक अनावरणमा लुम्बिनी प्रदेशका वन वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्रबहादुर हमाल, नेपालगन्ज उप-महानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सदस्य हरिप्रसाद तिमिल्सिना, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री, लायन्स अगुवाहरु शेम शाक्य, मुकुट ढकाल, लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीका अध्यक्ष शिवप्रसाद दाहाल, शालिक संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतको उपस्थित थियो ।
उक्त शालिक लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीले १२ लाख १५ हजार ९ सय ४९ रुपैयाँको लागतमा स्थापना गरेको हो ।
त्यस्तै नेपालगन्जको त्रिभुवन चोकमा राजा त्रिभुवन, वीपी चोकमा वीपी कोइराला, पुष्पलाल चोकमा पुष्पलाल श्रेष्ठ, गणेशमान चोकमा गणेशमान सिंहको शालिक छन् । तर धम्बोझी चोक जसलाई वीरेन्द्र चोकको रुपमा पनि चिनिन्छ ।
सो स्थानमा राजा वीरेन्द्रको शालिकविहीन छ ।