बृहत साहित्य सम्मेलन सम्पन्न
Saturday, July 2nd, 2022, 9:32 pm
Kalpristha
शनिबार नेपालगन्जमा बृहत साहित्य सम्मेलन तथा सांस्कृतिक महोत्सव–२०७९ सम्पन्न भएको छ । आदिकवि भानुभक्त आचार्य प्रतिभा अनावरण, कृति विमोचन, कला प्रदर्शनी तथा सम्मान, विशेष सांस्कृतिक कार्यक्रम गरेको महोत्सव मनाइएको हो ।
भेरी साहित्य समाज केन्द्रीय समितिद्वारा आयोजित महोत्वसको प्रमुख अतिथिका रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेति रहेका थिए भने कार्यक्रमको सभापति भेरी साहित्य समाजकका अध्यक्ष हरिप्रसाद तिमिल्सिना रहेका थिए । महोत्सवको सुरुवात नेपालगन्जस्थिति न्यूरोडमा रहेको आदिकवि भानुभक्त आचार्यको शालिक अनावरण गरेर सुरुवात गरिएको थियो ।
सोपश्चात संचालित कार्यक्रममा भेरी साहित्य समाजद्वारा प्रकाशित कृतिहरुको विमोचन गरिएको छ । कृतिकार फनिन्द्र आचार्यको उज्यालो युग कविता संग्रह, कृतिकार रामचन्द्र आचार्यको बटौली खण्डकाव्य र कृतिकार अब्दुल लतिफ शौकको बहुआयामिक व्यक्तित्व शारिक रब्बानी विमोचन गरिएको हो ।
त्यस्तै कार्यक्रममा चारजना कलाकार एवम् साहित्यकारलाई समेत सम्मान गरियो । सम्मान पाउनेमा नेपालगन्जका कलाकार कृष्ण बहादुर शाही(केबी शाही), सोनीपथ हरियाण भारतका साहित्यकार सरोज दहिया, नेपालगन्जका साहित्यकार भीमबहादुर शाही र बुटवलका साहितयकार एवम् पत्रकार ऋषि आजाद रहेको छन् ।
उनीहरुलाई कार्यक्रमका अतिथिहरुले सम्मान गरेका थिए ।