बाँकेमा १३औं राष्ट्रपति रनिङ शिल्ड सुरु
Saturday, July 2nd, 2022, 9:35 pm
Kalpristha
बाँकेमा १३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार देखी सुरु भएको छ ।
नेपालगन्ज रंगशालामा सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा बाँकेका पाँच वटा स्थानीय तहका विद्यालयहरुले भाग लिइरहेको छ । रनिङ शिल्डमा नेपालगन्ज उप–महानगरपालिका, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका, डुडुवा, नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका विद्यालयहरुले भाग लिएको आयोजक बाँके जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठले बताए । शनिबार उद्घाटन दिनको केहि खेलहरु भने वर्षाका कारण प्रभावित भएको उनले बताए ।
बाँके जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता असार २० गते सम्म चल्नेछ । प्रतियोगितामा १८ वर्ष मुनिका खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन ।
शनिबार एक समारोहका बिच जिल्ला समन्वय समितिका सभापति ज्ञानेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले प्रतियोगिताको उद्घाटन गरेका थिए । खेलकुद विकास समितिका कार्यालय प्रमुख श्रेष्ठका अनुसार प्रतियोगितामा पाँच खेल समावेश गरिएको छ ।
एथ्लेटिक्स, भलिबल, कबडडी, कराँते, तेक्वान्दो र उसु खेलमा प्रतिस्पर्धा भैरहेको उनले बताए ।
क्याप्सनः प्रतियोगिताको उद्घाटन समारोहमा सहभागि भएका अतिथीहरु । तस्विरः सन्तोष श्रेष्ठ