नीतिगत उल्झनले सुन व्यवसायी मर्कामा
Saturday, July 2nd, 2022, 9:38 pm
Kalpristha
बाँकेका सुनचाँदी व्यवसायीहरुले राज्यको नीतिगत उल्झनका कारण व्यवसायीहरुलेसमस्या झेल्नु परेको गुनासो गरेका छन् । नेपालगन्जमा शनिबार आयोजित नेपालगन्ज सुनचाँदी व्यवसायी संघको साधारणसभामा सहभागी सुनचाँदी व्यवसायीहरुले राज्यको नीतिगत समस्याका कारण व्यवसायीहरु प्रताडित बन्नु परेका गुनासो गरको हुन् ।
उनीहरुले सुन व्यवसायीहरुको समस्या सम्बोधनमा राज्यले पहलै नलिएको समेत आरोप लगाए । उनीहरुले सुन व्यवासायीको समस्या सम्बोधन गर्न सुन व्यवसायीबाटै गृहमन्त्री र अर्थमन्त्री बन्नु पर्ने हो भन्दै व्यांग्यात्मक टिप्पणीसमेत गरे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मालिकरत्न शाक्यले सुनचाँदी व्यवसायीको सवालमा राज्यले स्पष्ट नीतिगत निर्णय लिन नसक्दा सुन व्यवसायीहरु प्रहरी प्रशासनबाट पीडित बनेको गुनासो गरे ।
नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले कालिगढहरुलाई सीपमूलक तालिम दिएर सुनचाँदी व्यवसायीहरुसँग सहकार्यका लागि स्थानीय सरकार प्रतिबद्धत रहेको बताए ।
संघका बाँके अध्यक्ष सलाउद्दीन जसगढको सभापतित्वमा भएको कार्यक्रममा सुनचाँदी व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष बुद्धिबहादुर विक, सुदूरपश्चिम अध्यक्ष सन्तोष लामिछाने, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य आरिफ अन्सारी, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, सुनचाँदी व्यवसायी संघका कोषाध्यक्ष शुकनारायण सोनीलगायतले बोले ।