‘कर्णाली प्रदेश अब खेलकुदमा दौडिन्छ’
Thursday, July 7th, 2022, 4:52 pm
Kalpristha
कर्णाली प्रदेश विकासले मात्र पछि छैन, खेलकुदका हिसाबले पनि कर्णाली पछाडि छ । तर यहाँ एथ्लेटिक्स जस्ता साहसिक खेलमा भने प्रतिभाको कमी छैन । पछिल्लो समय भौतिक पूर्वाधारसँगै खेल गतिविधिमा पनि कर्णाली सक्रिय हुन थालेको छ । नयाँ संघीय संरचनाको मोडेलले त झन कर्णालीलाई खेलकुद क्षेत्रमा फड्को मार्न निकै संघाइरहेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्व मित्र सन्ज्यालसँग कर्णालीको खेलकुद बारेमा गरिएको कालपृष्ठ संवाद ।
कर्णालीले कस्ता योजनाहरुमा केन्द्रित भएर काम गरिरहेको छ ?
हिजो प्रादेशिक संरचना नबन्दासम्म कर्णाली मध्यपश्चिम खेलकुदसँग जोडिएको थियो । विषेश गरी नेपालगन्ज केन्द्रित थियो । विगतमा माथिल्लो कर्णाली देशको नजरमा टाढा थियो । अझ खेलकुदका हिसाबले धेरै टाढा थियो । जब राज्यको पुनः संरचना भएर प्रादेशिक संरचना बनिसकेपछि कर्णाली प्रदेशको खेलकुदलाई प्रदेशले नजिकबाट हेर्ने मौका पाएको छ ।
हामी खेलकुदमा आइसकेपछि कर्णाली प्रदेशको खेलकुदको अवस्था कस्तो छ भनेर हेर्दा हिजोका दिनमा खेलकुदका पूर्वाधारको पहुँच नपुगेको, प्रशिक्षकको पहुँच नपुगेको, गाँउ-गाँउबाट प्रतिभावान खेलाडी चयन गर्न नसकिएका जस्ता समस्याहरु थिए । यिनै समस्यालाई मध्यनजर गर्दै हामीले पहिलो पूर्वाधारका हिसाबले सरकारसँग समन्वय गरी कर्णाली प्रदेश खेलकुदका लागि प्रदेश रंगशाला बनाउने योजना बनाएका छौं र पूर्वाधारका कमीले गर्दा कर्णाली प्रदेशमा राष्ट्रियस्तरको खेलकुदका आयोजना हुन नसक्ने भन्ने म्यासेजलाई हटाउनका लागि प्रदेश रंगशालाको काम अगाडि बढाएका छौं ।
त्यसपछि जिल्लाहरुमा प्रशिक्षक उत्पादन गर्नका लागि तालिमहरु दिने र ती प्रशिक्षकहरुले खेलाडीहरुलाई प्रशिक्षण दिई प्रतिभावान खेलाडी उत्पादन गर्ने र राष्ट्रियस्तरका प्रतियोगिता जस्तै दशौं राष्ट्रिय खेलकुद , मुख्यमन्त्री कप जस्ता प्रतियोगिता आयोजना गर्ने र खेलाडीहरुको प्रोत्साहनको लागि पुरस्कारको व्यवस्था गरेका छौैं ।
प्रदेशदेखि खेल्न जाने र देशबाट बाहिर खेल्न गएका प्रदेशका खेलाडीहरु र आन्तरिकरुपमा हुने खेलकुदका उत्कृष्ट खेलाडीहरुलाई पुरष्कारको व्यवस्था गरेका छौं । र गाँउ-गाँउमा गएर प्रतिभावान खेलाडीहरुलाई खोजी गर्ने योजना बनाएका छौं । र यो पाँच प को नीति हाम्रो कार्यकालमा कार्यान्वयन गर्ने योजना बनाएका छौं ।
कर्णाली प्रदेशको खेलकुदलाई कसरी चिनाउनेभन्दा विगतमा हरी रोकाय, सुनमाया बुढा जस्ता खेलाडीहरुले एथलेटिक्समा वल्र्ड रेकर्ड राखेको हुँदा हामीले अल्ट्रा म्याराथनलाई फोकस गरेका छौं । कर्णाली भन्ने वित्तीकै म्याराथानका लागि प्रख्यात जिल्ला बनाउने सोच राखेका छौं । हिजोको कर्णालीको खेलकुदलाई अब कहाँ लैजाने भनेर गरुयोजना बनाएका छौं । एउटा कन्सलटेन्सीले होमवर्क गरिरहेको छ ।
त्यँहादेखि प्रतिवेदन आइसकेपछि हामीले कर्णालीको खेलकुदलाई १,२, ३ गरीर्यांकिङ गर्छौ र त्यसपछि कुन खेलकुदमा कति लगानी गर्नै भनेर योजना बनाउछौँ । किनभने सबै खेलकुदमा लगानी लगाएर त्यसको आउटपुट पनि आउँदैन । त्यहि भएर खेलकुदलाईहामीले र्यांकिङ गर्दैछौं ।
यसो गर्दा खेलकुदका पूर्वाधार पनि बन्छन्, खेलकुदका प्रशिक्षण पनि बढ्छन् र पछि गएर प्रतिभावान खेलाडी छान्न पनि यसले मद्दत गर्छ । यसरी हामीले पाँच खम्बे नीति अगाडि सारेका छौं र यसलाई कार्यन्वयन गर्नका लागि गरुयोजना बनाई समग्र कर्णालीको खेलकुदलाई अहिले र भाविरुपमा अगाडि बढाउने योजना बनाएका छौं ।
मैले देखेको के छ भने कर्णालीको खेलकुदलाई पर्यटनसँग नजोडेसम्म यसको विकास हुँदैन ।
कर्णालीको समृद्धिका लागि कर्णालीलाई पर्यटनसँग र पर्यटनलाई खेलकुदसँग जोड्न जरुरी छ । किनभने साहासी खेलकुद आफंै पर्यटनसँग सम्बन्धित छ किनकी यसका पूर्वाधारहरु निर्माण गर्ने कुराहरु खेलकुदलाई संचालन गर्ने कुराहरु पर्यटनसँग समबन्धित छन् र कर्णाली प्रदेशको भू-भाग पनि साहसी खेलका लागि उचित भएकाले यसलाई पर्यटनसँग जोडेर अगाडि बढाउनु पर्छ ।
तपाईले सदस्य सचिवको रुपमा जिम्मेवारी सम्हालेपछि प्राप्त गरेका उपलब्धी के- के छन् ?
हामीले ‘५ प’ को नीतिअनुसार प्रदेश रंगशाला निर्माणको कार्य अगाडि बढाएका छौं । त्यसपछि अर्को संघीय योजनाअन्तर्गत पश्चिम-रुकुममा चौरजहारी रंगशाला बन्दैछ र स्थानीय पालिकाहरुसँग सहकार्य गरेर स्थानीय पालिकाहरुमा खेल मैदान बनाउने कार्य गरिरहेका छौं । अहिले प्रदेश सरकारको सहयोगबाट जुम्ला र सुर्खेतमा प्र्याक्टिस मैदानका रुपमा फुटबल मैदान बन्दैछ । र रुकुममा एउटा क्रिकेट मैदान बनाउन सुरु गरेका छौं ।
यी पूर्वाधारका काम भए प्रशिक्षणका लागि प्रशिक्षक उत्पादन गर्नका लागि एनआइएस टे्रनिङ दिनका लागि सरकारसँग बजेट माग गरेका छौं । अहिले हामीले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतका प्रशिक्षकलाई परिचालन गरी प्रशिक्षण दिने काम गरेका छौं । प्रतियोगिताका हिसाबमा हामीले कोभिडका कारण प्रतियोगिताहरुको आयोजना गर्न सकेका थिएनौं ।
संघले आयोजना गरेका प्रतियोगितामा सहभागीमात्रै भएका थियौं । र अर्को नीति खेलाडीहरुको प्रोत्साहनका लागि प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुदमा गोल्ड मेडल ल्याउनेलाई २ लाख, सिल्भर लाई १ लाख ५० हजार र ब्रोन्ज ल्याउनेलाई १ लाख पुरष्कार दिने घोषणा गरेका छौं । एउटालाई नभई प्रत्येक खेलाडीलाई पुरष्कार दिने र हौसला बढाउने घोषणा गरेका छौं । नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्नका लागि हामीले ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गर्ने योजना बनाएका छौं ।
कर्णाली प्रदेशले अब खेलकुदमा फड्को मार्न खोजेको हो ?
कर्णाली प्रदेश अब खेलकुदमा दौडिन्छ भनेर नारासहित अगाडि बढाएका छौं । हिजोका दिनमा कणर्ालीमा विद्यार्थीहरुले आफूले कुन खेल खेल्ने भनेर भन्दा पनि रमाइलोका लागि खेल्ने गर्थे किनभने कर्णाली खेलकुदमा एक्सपोजर थिएन । तर अहिले यहि वर्षदेखि हामीले स्कुल र टु ओलम्पिक यात्रा भन्ने कार्यक्रम अगाडि सारेका छौं र यसअन्तर्गत हामीले ओलम्पियनहरुलाई विद्यालयहरुमा लिएर विद्यार्थीहरुलाई आफ्नो ओलम्पियन बन्ने यात्रा सुनाई विद्यार्थीहरुलाई खेलकुदमा आकर्षित गर्नका लागि यो योजना अगाडि सारेका छौं ।
विगतमा कमजोर पूर्वाधारका बिच राष्ट्रिय खेलकुद गरेको अनुभव छ, हामीसँग । यो समस्या कणर्ालीमा हुने दशौं राष्ट्रिय खेलकुदमा पनि दोहोरिन्छ ?
समग्रमा पूर्वाधार बनाउने कुरा र गेम आयोजना गर्ने कुरा छैठौं राष्ट्रिय खेलकुदबाट सरु भएको हो । सुरुका दिनमा पूर्वाधार बन्दै गर्दा पनि खेलकुद आयोजना भए र अहिले नवौं राष्ट्रिय खेलकुद हुँदासम्म पोखरमा पूर्वाधार निर्माण गर्ने कुरा बाँकी छैन् । एउटा खेलकुदमा पनि सिकाईका हिसाबले अन्त्य भएको छ । अब दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशले आयोजना गर्ने भएकाले हामीले दशौं राष्ट्रिय खेलकुदको चार महिना अगाडि पूर्वाधार बनाई हाम्रा खेलाडीहरुले होम ग्राउन्डमा परयाक्टिस गर्ने वातावरण गराउने छौं । अब यो समस्या हटिसकेको छ र हामीले अब यो समस्या दोहोरिन दिने छैनौं ।
कर्णाली प्रदेशमा बनिरहेका पूर्वाधारहरु कत्तिको गुणस्तरीय छन् ?
म आफैँ एउटा प्रोफसनका हिसाबले इन्जिनियर भएकाले कुन मेकानिजममा काम भइरहेको छ भनेर नजिकबाट हेरेको छु । हाम्रो एउटा छुट्टै टिम छ, संघको टिम छ र कन्सलटेन्सीको पनि एउटा टिम भएकाले गुणस्तरका हिसाबले कुनै कम्परमाइज गरेका छैनौं र गर्न पनि हुँदैन । केहि रंगशालाहरुमा मेन्टेनेन्सका हिसाबले पछि गएर बिग्रिने देखिएका छन् । हेर्दा गुणस्तरीय देखिएपनि बनाएर छोड्ने मेकानिजमले गर्दा दिगो बन्न सकेका छैनौं यो समस्याको लागि हामीले आम्दानी गर्नका लागि सुइमिङ पुल निर्माण गरेका छौं । जुन हामीलाई रंगशालाको मेन्टेनेन्सका लागि काम लाग्छ र यस्ता समस्याको अन्तय गर्नेछौं ।
नीतिगत रुपमा हजुरहरुलाई व्यवस्थापन गर्न कत्तिको कठिनाई भइरहेको छ ?
संघीय संरचना बनेदेखि यो कानुनी झनझेट अझै पनि छ प्रदेश संघ र स्थानीयमा कसले कहाँ गर्ने भन्ने अन्योल अझै पनि छ । अरुमा भन्दा पनि खेलकुदमा यो अझै ठूलोरुपमा देखिएको छ । किनकि अझै पनि संघका कार्यलयहरु स्थानीय तहहरुमा छन् कानुनी रुपमा रहने व्यवस्था छैन । कर्मचारीहरु जिल्ला जिल्लामा छन् ।
अहिलेसम्म समायोजन हुन् सकेको छैन । संघीय खेलकुदको पनि नियमावाली बन्न सकेको छैन । तीनवटै सरकारले बनाउने कानुनको कोअर्डिनेशन नमिलेको हुनाले अहिले पनि खेलकुद कानुनीझमेलामा अड्केको छ । यो कानुनी संस्थापनले गर्दा पनि हामीले केहि अप्ठ्यारो भोग्नु परेको छ । अहिले पनि संघबाट सिधैं १५ लाखका योजनाहरु तल पुग्ने गरेका छन् । कस्ता योजनाहरु तल पुग्ने गरेका छन् कस्ता योजनाहरु प्रदेशलाई हयान्डओभर गर्ने कुरा अझै समाधान हुन सकेको छैन र यसलाई समाधान गर्न जरुरी छ ।
कुनै पनि देशमा सहरमा राष्ट्रियस्तरको खेलकुद आयोजना गरियो भने त्यो देशको सहरको समृद्धी झल्किने हो । भोली हामीले कर्णालीमा दशौं राष्ट्रिय खेलकुद आयोजना गर्दैगर्दा कर्णाली प्रदेशको समृद्धी झल्किन्छ । अरु विकासका कामहरु पनि अगाडि बढेका रहेछन् है भन्ने कुरा खेलकुदले जनाउने हो ।
कर्णालीले खेलकुदमा फड्को मार्न के-कस्ता काम गर्नुपर्ला ?
हामीले जुन ५ प को खम्बे नीति अगाडि बढाएका छौं, यसलाई हामीले व्यवस्थित रुपले अगाडि बढायौं भने हामीले कर्णालीलाई समृद्धीसँग जोड्न सक्छौं । कुनै पनि देशमा सहरमा राष्ट्रियस्तरको खेलकुद आयोजना गरियो भने त्यो देशको सहरको समृद्धी झल्किने हो । भोली हामीले कर्णालीमा दशौं राष्ट्रिय खेलकुद आयोजना गर्दैगर्दा कर्णाली प्रदेशको समृद्धी झल्किन्छ । अरु विकासका कामहरु पनि अगाडि बढेका रहेछन् है भन्ने कुरा खेलकुदले जनाउने हो । हामीले सरु गरेको ५ प को खम्बे नीति अवलम्बन गर्यौ भने कर्णालीको समृद्धि पनि झल्किन्छ ।
आफ्नो कार्यकालमा कर्णाली प्रदेशको खेलकुदलाई कस्तो बनाउछु भन्ने सोच बनाउनु भएको छ र यो कत्तिको सम्भव छ ?
संघीय संरचनामा गइसकेपछि पहिलोपटक सदस्य सचिवको जिम्मेवारी पाएको छु र इतिहास बनाउने मौका पाएको छु । पहिलो सदस्य सचिवले यस्तो काम गरेको थियो भनि देखिने भएकाले कर्णाली प्रदेशले कुनै पनि खेलकुदको आयोजना गर्न सक्दैन भन्ने थियो । त्यसलाई दशौं राष्ट्रिय खेलकुदको आयोजना गरी अन्तय गरिन्छ । र अब हुने कुनै पनि खेलकुदका आयोजना गर्न सकिन्छ र त्यसका लागि पूर्वाधार तयार हुन्छ ।
कर्णालीको खेलकुदलाई केसले चिन्ने भन्दा अल्ट्राले चिन्ने म्याराथनले चिन्ने भनि जोड दिएका छौं र कर्णालीको खेलकुदलाई र्याङकिङ गरी ती खेलकुदमा लगानी गरिन्छ र एउटा मार्गचित्र बनाइन्छ । गुरुयोजना अनुसार खेलकुदलाई अगाडि बढाउने हो । यसपछि खेलकुदलाई हामीले प्रोत्साहन गर्ने कुरालाई अगाडि सारेका छौं । यसलाई नीतिगतरुपमा कानुन बनाएर कसले कति पुरष्कार पाउने भन्ने योजना बनाउने छौं । आउने दिनमा खेलका संरचना बनाउँदा नीतिगत रुपमा कानुनी हिसाबले कसरी बनाउने भन्नेबारे सुधारेर जाने सोच बनाएको छु र गर्ने पनि छु ।