सार्वजनिक क्षेत्रमा राखेका गिट्टी र बालुवा जफत
Thursday, July 7th, 2022, 8:34 pm
Kalpristha
कोहलपुर नगरपालिकाले सार्वजनिक क्षेत्रमा राखिएका निर्माण सामग्री जफत गरेको छ । नगर प्रमुख पूर्ण आचार्यका अनुसा कानून विपरीत राखिएका गिट्टी र बालुवा नगरपालिकाले जफत गरेको हो ।
बुधबार कोहलपुर नगरपालिकाले दुई वटा क्षेत्र सार्वजनिक क्षेत्रभित्रमा कानून विपरीत राखेका गिट्टी र बालुवा जफत गरेको हो । नगर प्रहरी र नेपाल प्रहरीको समन्वयमा गिट्टी र बालुवा जफत भएको थियो ।
विगत लामोसमयदेखि सार्वजनिक जग्गामा कानून विपरीत गिट्टी र बालुवा राख्दै आएका थिए । कतिपय समयमा कोहलपुरको न्यूरोडमा रहेको खुल्ला मैदानमा समेत गिट्टी र बालुवा राख्ने गर्थे तर अहिले त्यो स्थानमा जफतपछि राख्न छोडेका थिए । तर खुल्ला मैदान राख्न छोडेपनि कोहलपुरका अन्य वडामा रहेका खुल्ला मैदानहरुमा भने राख्न छोडेनन् ।
कोहलपुर नगरपालिकाको वडा नम्बर ४ मा रहेको किरणनालामा रहेको खुल्ला मैदानका लागि भूमाफियाहरुले समेत जग्गा अतिक्रमण गर्ने खोजेका थिए तर असफल भए । तर फेरी गिट्टी र बालुवा राखेर अतिक्रमण गर्न खोजेपछि कोहलपुर नगरपालिकाले गिट्टी र बालुवा नै जफत ग¥र्यो ।
……
यस्तै नेपालगञ्ज मेडिकल कलेजको दक्षिण तर्फको खुल्ला मैदानमा सार्वजनिक जग्गामा राखिएको गिट्टी र बालुवा समेत जफत गरेका छन् ।
कोहलपुरका सञ्चारमाध्यमहरुमा खुल्ला मैदानहरुमा राखेका गिट्टी र बालुवा खालि गर्नका लागि सूचना जारी गरेको थियो ।
कोहलपुर नगरपालिकाको कार्यपालिकाको जेठ २६ गतेको निर्णय नम्बर ६ मा सार्वजनिक स्थलमा राखिएका गिट्टी र बालुवा तोकिएको म्याद भित्र नउठाएको खण्डमा जफत गर्ने निर्णय गरिएको छ ।
कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्र्रसाद आचार्यले सूचना जारी भएको समय वित्तिसक्दासम्म पनि कानून विपरीत सार्वजनिक स्थलमा राखिएका गिट्टी र बालुवा नउठाएपछि जफत गरेको बताए ।
कोहलपुर नगरपालिकाले म्याद भित्र सार्वजनिक क्षेत्रमा राखिएका गिट्टी र बालुवा नउठाएपछि जफत गरेको छ । कोहलपुर नगरपालिकाको ४ को किरणनालाको दक्षिण तर्फको मैदानमा राखिएको गिट्टी र बालुवा उठाइएको हो ।
जसमा डिल बहादुर बस्नेतको १ टिप्पर, दिपक बुढाको १ ट्रलि, यज्ञ डाँगीको १ टिप्पर, पदम पराजुलीको १ ट्रलि, टोप बहादुर खत्रीको १ टिप्पर र अन्य १ ट्रलि जसले नाम खुलाउन मानेन् । जफत गर्ने समयमा फिल्डमा रहेका डिल बहादुर बस्नेतले अरुको लहिलहिमा लागेर सार्वजनिक जग्गामा राखेको बताए ।
नेपालगन्जमा भने फितलो प्रयास
नेपालगन्ज उप–महानगरपालिकाले अतिक्रमण गरी राखिएका तथा सडकपेटीमा राखिएका घर निर्माण सामग्री तथा घर निर्माण गर्ने औजारहरुको मूल्यांकन र परिमाणका आधारमा जरिवाना गर्ने निर्णय गरेको थियो ।
तर उक्त निर्णयप्रति उप–महानगरपालिकाको प्रयास भने फितलो देखिन्छ ।
नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटी वडा कार्यालयले नै सडक अतिक्रमण तथा नाला प्रगोगका लागि अनुमति दिने गरेको बताउँछन् । यहासम्मकी एउटा वडाको व्यक्तिलाई अर्को वडा कार्यालयले सिफारिस दिने गरेको घटनासमेत रहेको बोगटीले बताए ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तरुणकुमार बज्राचार्य कार्यविधि भएता पनि कार्यान्वयन गर्नै गाह्रो भएको स्वीकार छन् । वडा नम्बर १० सूचना अधिकारी बविता ढकाल हालसम्म कोही पनि सडक अतिक्रमणका समस्या लिएर वडा कार्यालय नआएको र घर निर्माणका क्रममा सडकपेटी वा सडक प्रयोगका लागि सिफारिस लिन नआएको बताउँछिन् ।
कानुन व्यवसायी लोकबहादुर शाही सडक तथा सडकपेटीको सुरक्षा तथा त्यसको अतिक्रमण हटाउन पालिकालाई कार्यविधि कै आवश्यक नपर्ने बताउँछन् ।
नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटी स्थानीय निकाय राजनीतिक कार्यालय भएका कारण धेरै जसो अतिक्रमणका विषयलाई व्यवहारिकरुपमा हेरिने बताउँछन् ।