वर्षा कम हुँदा धान रोपाईमा ढिलाई
Friday, July 8th, 2022, 10:33 am
Kalpristha
‘यस वर्षा कम भएका कारण रोपाईमा ढिलाई भएको छ । यसले उत्पादनलाई असर गर्छ । ढिला रोपाई हुँदा पछि धानमा किरा, फटयाड्डग्रा धेरै लाग्ने सम्भावना हुन्छ । यसले उत्पादनमा असर गर्छ ।’
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ असार
कम वर्षा भएका कारण यस वर्ष बाँकेमा अधिकाश किसानले रोपाई गरेका छैनन । केहि किसानले मोटर र बोरिड्ड मार्फत रोपाई गरे पनि सिँचाई सुविधा नभएका अधिकाश स्थानमा रोपाई हुन सकेको छैनन ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार असार २४ गते सम्म जिल्लामा करिब ३० प्रतिसत स्थानमा मात्र रोपाई सकिएको छ ।
जुन गत वर्षको तुलनामा निकै कम हो । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल अनुसार गत वर्ष असार १५ गते सम्म करिब ४५ प्रतिसत किसानले रोपाई गरिसकेका थिए । तर यस वर्ष भने ढिला भएको छ ।
बाँकेमा परम्परागत रुपमा साउन महिनाभरी वर्षातको पानीमा रोपाई गर्ने गरिन्छ । ज्ञान केन्द्रका प्रमुख ढकालका अनुसार उत्पादनका हिसाबले असार महिनामा धान रोपाई गर्नु उत्तम मानिन्छ ।
ढिला गरी रोपाई हुँदा उत्पादन र हिउँदेबालीमा पनि असर गर्ने बताउँछन ढकाल । उनले भने,‘यस वर्षा कम भएका कारण रोपाईमा ढिलाई भएको छ । यसले उत्पादनलाई असर गर्छ । ढिला रोपाई हुँदा पछि धानमा किरा, फटयाड्डग्रा धेरै लाग्ने सम्भावना हुन्छ । यसले उत्पादनमा असर गर्छ ।’ बाँके धान उत्पादनमा नेपालको अग्रणी जिल्ला मध्येमा पर्छ । कृषि ज्ञान केन्द्र बाँकेको तथ्याङ अनुसार बाँकेमा ३६ हजार ५ सय हेक्टर जमिनमा धान रोपाई गरिन्छ ।