बाँकेमा पहिलोपटक आधारभूत स्काउट तालिम सम्पन्न
Friday, July 8th, 2022, 4:12 pm
Kalpristha
शुक्रबार खजुरा गाउँपालिकामा आधारभुत स्काउट तालिम सम्पन्न भएको छ । आसार १९ गतेदेखि संचालन भएको आधारभुत स्काउट तालिममा खजुरा गाउँपालिकाका संस्थागत तथा निजी गरी १७ माध्यमिकस्तरका विद्यालयका शिक्षकहरुले सहभागिता जनाएका थिए ।
खजुरा गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ मा रहेको ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा नेपाल स्काउट प्रदेश नम्बर ५ स्थानीय स्काउट खजुरा गाउँपालिकाले ५ सय ३औं विटिसी तालिम सम्पन्न गरेको हो ।
नेपाल स्काउट प्रदेश संयोजक दिनानाथ भट्टराईका अनुसार बाँकेमा पहिलोपटक उक्त तालिम संचालन गरिएको हो ।
..
समापन कार्यक्रममा स्थानीय स्काउट खजुरा गाउँपालिका संयोजग ऋषिराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक ‘तुफान’ को प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अध्यक्ष विकले समाजलाई सुशासन र अनुशासनमा राख्नका लागि स्काउटको महत्वपूणर् भूमिका रहने बताए । साथै विभिन्न विपदका समयमा स्थानीयस्तरमा रहेका स्काउटका सदस्यहरुलाई प्रयोग गर्न सकिने उनले बताए ।
प्रदेश ५ संयोजक मट्टराईले भूकम्पको समयमा शव व्यवस्थापन तथा पुनर्निमाणमा आर्मी पछि स्वकाउटले सबैभन्दा धेरै र प्रभावकारी काम गरेको बताए ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष पूणर्बहादुर भण्डारी, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय प्रमुख बमबहादुर केसी, पालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल तथा प्रशिक्षार्थी आदर्श माध्यमिक विद्यालयका शिक्षक गोपाल अधिकारीले स्काउट तालिम धेरै प्रभावकारी रहेको र समाजलाई अनुशासित बनाउने ठूलो मद्दत गर्ने बताए ।
त्यस्तै वडा नम्बर ३ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ३० जना विद्यार्थीलाई पनि अभिमुखीकरण गरिएको थियो ।
प्रशिक्षक भने सहायक राष्ट्रिय प्रशिक्षक दामोदर बस्नेत र प्रमोद सिग्देलले दिएका थिए ।