प्रहरीले उजुरी लिन नमानेको पीडितको गुनासो
Friday, July 8th, 2022, 8:10 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, २४ असार २४
जिल्ला प्रहरी कार्यालयले आफुहरुको उजुरी लिन नमानेको कुटपिटका पीडितहरुले आरोप लगाउनु भएको छ । सदरमुकाम दुनै तर्फ आउने क्रममा असार १९ गते काइके गाउँपालिकाका युवाहरुको कुटपिटबाट घाइते भएका डोल्पोबुद्द गाउँपालिका १ धो का ४५ वषीय नोर्वु थिन्ले लामा ४४ वर्षीया डोल्मा लामा र४२ वर्षीया गर्भवती महिला लुजुङ गुरुगले सो आरोप लगाउनु भएको हो ।
ब्यक्तिगत तथा सरकारी कामको सिलसिलामा सदरमुकाम दुनै तर्फ आउने क्रममा काइके गाउँपालिकाका ४२ वर्षीय अमित बुढा ४४ वर्षीय बमबहादुर ठकुल्ला ३५ वर्षीय कैलाश मगर र ४० वर्षीय पाल्जोर रोकाया सहितका दर्जन युवाहरुले कुटपिट गरी सदरमुकाम आउन नदिएर बीच बाटोवाटै फर्काई दिएको र घाइतेहरु डरले सदरमुकाम दुनै आउनुको सट्टा धो फिर्ता हुनु भएको धो तरापका क्याल्पो थापा भोटेले जानकारी दिनू भयो ।
कुटपिटमा संलग्नहरु विरुद्द जिल्ला प्रहरी कार्यालयमा ०७९ असार २२ र २३ गते उजुरी दर्ता गर्न जाँदा प्रहरी नायव उपरिक्षक निरन्जन थापाले उजुरी लिन अस्वीकार गर्नु भएको पिडित नोर्वु थिन्ले लामाले बताउनु भयो ।पीडितको उजुरी किन र कुन कारणले लिन नमान्नु भएको भन्ने प्रश्नमा प्रहरी नायव उपरिक्षक थापाले घटना कुटपिटको सार्वजनिक भएको तर उजुरीमा जिल्लामा नै नभएका सासंद धनबहादुर बुढा जिल्ला समन्वय उपप्रमुख तेजेन्द्र बुढा पालिका अध्यक्ष अंगत राना लगायतका ब्यक्तिहरुको विरुद्दमा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्नु आउनु भएकाले उजुरी लिन अस्वीकार गरिएको बताउनु भयो ।
उहाँले भन्नु भयो कुटपिटमा संलग्न भएका युवाहरु विरुद्द कुटपिटको सार्वजनिक मुद्दा दर्ता गराउनु होस भन्दा नमानेर ब्यक्तिगत प्रर्वाग्रही रुपमा घटनाई विषयान्तर गरी उजुरी दिन आएपछि सत्य छोडेर झुट निवेदन दर्ता गर्न मिल्दैन ।