प्रेस युनियनको उप–महासचिवमा जयसिंहको उम्मेदवारी
Monday, July 11th, 2022, 11:39 am
Kalpristha
जयसिंह भन्छनः पत्रकारको पेशागत सुरक्षाको निम्ती सधैं लडछु
कालपृष्ठ समाचारदाता
खजुरा, २७ असार
पत्रकार जयसिंह केसीले नेपाल प्रेस युनियनको निर्वाचनमा उप–महासचिवमा उम्मेदवारी दिने भएका छन । नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हेटौंडामा साउन ६ र ७ गते हुँदैछ ।
जसले प्रेस युनियनको नयाँ नेतृत्व चयन गर्नेछ । पत्रकारितासँगैं समाज सेवामा सक्रिय केसीले बाँकेमा रहेर पत्रकारिता गरिरहेका छन् । केसी हाल नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम् पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव हुन ।
उनले श्रमजीवि पत्रकारको पारिश्रमिक, पत्रकारको बिमा र युनियनको संस्थागत विकासमा योगदान गर्दै आएका छन ।
कोभिड–१९ महामारीको समयमा उनले प्रेस युनियन बाँके लगायत देशका विभिन्न जिल्लामा गएर पत्रकारहरुलाई स्वास्थ्य सामाग्री र उपचारमा सहयोगमा गरेका थिए ।
प्रेस युनियन बाँकेले कोभिडको समयमा अप्ठयारोमा परेका पत्रकारलाई स्वास्थ्य सामाग्रीसँगै आर्थिक पनि सहयोग गरेको थियो । त्यसमा केसीले पनि व्यक्तिगत रुपमा सहयोग गरेका थिए ।
नेपाल प्रेस युनियनलाई संस्थागत रुपमा बलियो बनाउँदैं श्रमजिवी पत्रकारको हक, हित र पेशागत सुरक्षा दिलाउनको लागि आफुले उप–महासचिव पदमा उम्मेदवारी दिन लागेको बताए ।
उनले भने,‘प्रेस युनियनमा मैले विगत डेढ दशक देखी जिल्ला हुँदैं केन्द्र सम्म विभिन्न पदमा बसेर काम गरेको छु । युनियनको संस्थागत विकास गर्दै यसको गरिमालाई अझ उच्च राख्ने उद्देश्य सहित मैले उम्मेदवारी दिन लागेको हुँ । यसमा देशभरका पत्रकार साथीहरुको साथ र सहयोग रहनेछ भन्ने विश्वास लिएको छु ।’
नेपाली पत्रकारिताले अझै थुप्रै चुनौतिको सामना गर्दै सामना गर्दै आएको बताउँदैं पत्रकार केसीले पत्रकारको हक हित र पेशागत रुपमा बलियो बनाउनका लागि युनियनले योजनावद्ध रुपमा काम गर्नु पर्ने बताउँछन ।