कोरोनाको चौथो लहर द्विविधात्मक सूचना सम्प्रेषित
Monday, July 11th, 2022, 4:14 pm
Kalpristha
प्रश्न यो छ कि जब खोपको प्रतिरोधक क्षमता बारेमा यो पक्का हँुदैन कि यस्को असर वर्षभरी टिक्छ कि टिक्दैन । यो कुरा ढुक्क भएर कसरी भन्न सकिन्छ । पहिलो, दोश्रो डोज खोप लगाएका पछि पनि मानिसहरुलाई कोरोनाको संक्रमण भएको छ । खोप लगाएपछि पनि संक्रमण हुन सक्छ तर यो घातक हुँदैन भनिएकोमा पनि ज्यान गएका छन् ।
डा.केदार कार्की
कोभिडका बिरामीहरुको संख्यामा उल्लेखनीय कमी देखिँदा पनि चीन, व्रिटेन, हङ्गकङ्ग, दक्षिण कोरिया जस्ता विश्वका केहि देश हरुमा ओमिक्रोनको उप-उपभेद बि.ए.२ को संक्रमण जसरी बढ्दो छ, त्यसले हामी कहाँ चिन्ता बढेको छ । यदयपी देशभरीमा कोरोनाको असर निरन्तर कम हुँदैछ तर पनी सतर्कता जारी राख्नुपर्ने हुन्छ । किनकी यस्को गणित मोडेलबाट भविष्यवाणी गर्नेहरुको भनाइ मा चौथो लहर कुनै पनी बेला आउन सक्छ ।
संचारजनगतका एउटा समूहले पनी ब्रिटेनको स्वास्थ्य सुरक्षा निकायलाई उदृत गर्दै ओमिक्रोनको उपभेदको हाइब्रीड स्ट्रेनबाट बनेको नयाँ उपभेद एकर्सको त्रास यसरी फैलाएको छ मानीसहरु भयग्रस्त छन् । मानीसहरुको यस खाले चिन्तामा विश्व स्वास्थ्य संगठनको आशंकाहरु एवं चीनको कतीपय ठूला शहरहरुमा गरिएको प्रतिबन्ध पनि जिम्मेबार छ ।
केहि श्रोतहरुको भनाइमा लहर त आउला तर ज्यानमारा न होला । अर्कोतीर सरकारहरु एवं समाजको एउटा वर्ग यो कुरा स्थापीत गर्न खोँदै छन कि कोभिड-१९ महामारी सकिइसक्यो अब कुनै लहर आउने बाला छैन । तर विविधाको कुरा यो छ कि चौठो लहरको बारेमा विभिन्न श्रोतबाट प्राप्त हुने सूचनाहरु तेश्रो लहरभन्दा पहिले आउने गरेको सूचनाहरु जस्तै बिरोधभास पूणर् छन् । यस कारण पनि यसबाट भ्रम उत्पन्न हुँदैछ ।
यस बारेमा गणित एवं विज्ञानसम्ममा मतभेद छ । आई आई टि कानपुरका प्राध्यापकको गणितिय मोडेलअनुशार कि समाजमा कोरोनाको चौथो लहर अवश्य आउने छ । दुई महिना पछि जुनमा यस्को असर देखिने छ । तीन महिनापछि उत्कर्षमा पुग्ने छ । एवं सेप्टेम्वरसम्म दृतरुपमा साम्य हुनेछ ।
अर्कोतीर कतिष्य विषाणु विज्ञहरुका अनुशार चौथो लहरको कुनै आशंका छैन । तिनीहरुका अनुशार लहर त्यसलाई भनिन्छ, जब संक्रमण तेजीले माथि जावोस अनि तल झरोस ।
यदि जुन जुलाईसम्म बिरामी बढ्यो भने पनि त्यति धेरै नहोला कि लहर सृजना गरोस । साथै संक्रमित गराउने विषाणु पनी यती कमजोर हुनेछ । यस्को असर तेश्रो लहरको दाँजोमा १० प्रतिशत जति पनि न होला ।
सबै विषाणु वैज्ञाानिक एवं चिकित्सक एकमत छन भन्ने पनी छैन कोभिड-१९ को चौथो । लहरको भविष्यवाणी गर्ने कुनै वैज्ञानिक कारण छैन । महामारी विद्हरुका विचारमा हजार भन्दा बढी उत्परिवर्तनहरु भई सक्यो एवम् आउँदा दिनमा पनि होलान यो निश्चित छ कि यो नयाँ उत्परिवर्तन चौथो लहरको कारण बन्न सक्छ केहिको भनाइमा यति ढुक्क भई केहि भन्न गाह्रो छ ।
हामीले केहि असर समय पर्खनु पर्नेछ । तथ्य एवं तथ्यांकले बताउला नयाँ उपभेद लहर उत्पन्न गराउन सक्षम छ कि छैन । किनकी दश गुणन संक्रमक भए पनि नयाँ उपभेदका बिरामीहरु धेरै देखिएको छैन । त्यसै पनि घातक एवं ठूलो कोरोनाको लहरको आशंका कम छ । तर विद्युुतीय संचार माध्यमहरुले चीन एवं दक्षिण कोरियामा कोरोना संक्रमणको बिरामीहरुको संख्या बढी रहेको खबर बढो सनसनीपूणर् रुपले गर्दैछन् ।
हुन त संचार माध्यमहरुलाई तर्कातीत हुने आरोप त लाग्ने गरेकै छ । तर तर्क संगत कुरा गर्ने विज्ञान एवं गणितले नै विरोधाभासपूणर् दावा गर्न थालेको भने राजनीतीक एवं सरकारी अधिकारीहरुको भनाइमा के आश्चर्य मान्नु पर्यो ।
प्रश्न यो छ कि जब खोपको प्रतिरोधक क्षमता बारेमा यो पक्का हँुदैन कि यस्को असर वर्षभरी टिक्छ कि टिक्दैन । यो कुरा ढुक्क भएर कसरी भन्न सकिन्छ । पहिलो, दोश्रो डोज खोप लगाएका पछि पनि मानिसहरुलाई कोरोनाको संक्रमण भएको छ । खोप लगाएपछि पनि संक्रमण हुन सक्छ तर यो घातक हुँदैन भनिएकोमा पनि ज्यान गएका छन् । यस्तोमा यो निश्चित छ । जुनसम्ममा धेरैको खोप जनित सुरक्षा खत्म भई सक्ने छ । संक्रमणबाट प्राप्त भएको इम्युनिटी व्यक्ति आधारीत हुन्छ । यो कति बलियो होला अनुमान गर्न जटिल छ । किनभने यो व्यक्तिगतस्तरमा कोरोना संक्रमणको गम्भिरता जटिलता भाइरसको बोझ मात्रामा निरन्तर हुन्छ ।
बुस्तर डोजप्रति सरकारहरु धेरै उत्साहित देखिँदैनन । सबैलाई लाउँदै एवं जस्का लागि यो प्रस्ताभित थियो तीनको पनि संख्या पूरा भएको छैन । यसरी हेर्दा एउटा ठूलो जनसंख्या समय बित्दै गर्दा असुरक्षित हुनेछ । कोरोनाको लहरहरुको व्यवस्थापनका बारेमा मानिसहरुले धेरै कुरा जानी बुझी सकेका छन् । मैले नै आंशकित चौथो लहर धेरै कमजोर रहुला तर उचित होला सुविचारित उपाय एवं सतर्कता निरन्तर जारी रहोस् । धेरै जसोले खोप लगाइसकेको भयता पनि कोरोनाको त्रासले सताइ रहेको छ । त्यो यस कारण पनि कि कोरोनाको एन्टीबडीको स्तर समयसँगै घट्दै जान्छ । तर हाइब्रीड इम्युनीटिले सुरक्षा प्रदान गर्दछ । यसैले खोपको कमीको निहु न ली ६० वर्ष मुनीलाई पनि ती खतरनाक रोगबाट ग्रस्त छन् ।
ती सबैलाई खोपको पुरक मात्रा दिइनु पर्छ लापरबाही गरिय कमजोर प्रतिरोधि क्षमता भएका प्रौढहरुका माध्यमबाट चौथो लहर आउन सक्छ । खोप लगाउने गति सुस्त भएको छ । त्यसैले हामी कहाँ भएका खोपको म्याद गुज्रिने अवश्था सृजना भएको छ । जीनोम सैपलिङ्ग सिकवेन्सीङगमा घट्दो तत्परता घातक होला । प्रशासनीक प्रतिवन्धहरु खुकुलो भएको कारण समुदायहरु सार्वजनिक सुरक्षा मापदण्डलाई वेबस्ता गर्न थालेको छन् । यस्तोमा हामीले बुझ्नु पर्छ लहर त थामियो तर कोरोना निर्मुल भएको छैन ।
प्रतिवन्ध हटाएपछि अब सरकारी अधिकारिकस्तरमा सचेतना बढाउनका साथ भ्रम चिर्ने विज्ञान सम्मत अभियान चलाएर नागरिकलाई यथार्त वस्तुस्थिति अवगत गराउनु पर्ने हुन्छ ।
र अन्तमा
टरेको छैन कोरोनाको प्रसर
साकुन पानीले हाथ धोई सेनीटाइजर लगाई
निस्कृय पारौं कोरोनाको प्रहार
लगाऔं मास्क राखौं २ गज सामाजिक दूरी
खोप पनि छ है जरुरी