Monday, July 11th, 2022, 8:40 pm
Kalpristha
लाम्काने पाठो सिम्बा बन्यो विश्वभरि चर्चित
एजेन्सी, २८ असार
डम्बोबारे धेरैले सुनेका छनः कार्टुन चलचित्रको यो हात्तीलाई लामो कान भएका कारण साथीहरूले जिस्काउँछन र उसलाई सर्कसमा क्रूर तरिकाले प्रदर्शन गर्न बाध्य पारिन्छ ।
लामो कान भएका कारण चर्चित बन्ने अब डम्बो एक मात्र जनावर रहेन । पाकिस्तानको कराँचीको पाठो सिम्बाको प्रत्येक कानको लम्बाई २१ इन्च छ । र समय पनि परिवर्तन भएको छ । सिम्बा ठट्टाको पात्र होइन, सौन्दर्य प्रतियोगिता जितेर र शानको जिन्दगी बिताएर यो पाठो विश्व चर्चित बनेको छ ।
सिम्बा पालेका मोहम्मद हसन नारेजोले एएफपीलाई गीनीज बुक अफ वल्र्ड रेकड्र्समा हालसम्मकै सबैभन्दा उत्कृष्ट बाख्रोको रूपमा नाम लेखाउन प्रयास गरेको बताएका छन ।
कीर्तिमानको पुस्तकमा सबैभन्दा लामो कान भएको बाख्रोको हालसम्म प्रविष्टि नभएकोले सिम्बाको कान विश्व कीर्तिमान हो वा होइन भन्ने स्पष्ट छैन ।
तर जे भए पनि सिम्बाको तस्बिर सोसल मिडियामा प्रख्यात हुन थालेपछि पाकिस्तानमा यो पाठो चर्चित बनेको छ । तर त्यति लामो कान लिएर जन्मेको पाठोका आफ्नै चुनौतीहरू पनि छन ।
पहिलो चुनौतीले आफ्नै कानमा अल्झिएर लड्ने हो कि भन्ने छ । त्योबाट बचाउन नारेजोले सिम्बाको कानलाई ढाडमा बाँधेर राख्न एउटा पेटी बनाएका छन।
अर्को तनाव भनेको प्रतिद्वन्द्वी बाख्रा पालकहरू रहेका छन। अन्यको नराम्रो कार्यबाट बच्न नारेजोले प्रार्थना र परम्परागत विधिहरू गर्ने गरेका छन । नारेजो भन्छन, ॅखराब नजरबाट बचाउन हामी कुरानको पाठ गछौं ।’ तर नारेजोको लक्ष्य भने ठूलो छ । उनी सिम्बालाई हुर्काएर पाकिस्तान विश्वमै अग्रणी बाख्रापालन देश भएको देखाउन चाहन्छन ।
सिम्बाको पाकिस्तानको नाम विश्वभर सुनिनुपर्छ
सिम्बाको कान भने अझै बढिरहेको छ । विगत तीन साता सिम्बाको कान थप छ सेन्टिमिटर लामो भएको छ ।
साभारः बिबिसी