गुणस्तरहीन ढल बन्यो न्युरोडमा
Tuesday, July 12th, 2022, 10:43 am
Kalpristha
नेपालगन्ज उप-महानगरपालिकाको न्यूरोड बजारमा रहेको प्रमुख सडकको पूर्वतर्फको भाग नेपालगन्जउप-महानगरपालिका वडा नम्बर ४ र पश्चिमतर्फको भाग वडा नम्बर २ मा पर्दछ । वर्षातको समयमादुवैतर्फको सडकमा पानीजमेको देख्न सकिन्छ । यो समस्या वर्षौदेखि उस्तै रहेको छ ।
यस विषयमा न्यूरोडवासी नेपालगन्जउप-महानगरपालिकाले गुणस्तरहीन ढल नालाबनाएको बताउँछन् ।
नेपालगन्जउप-महानगरपालिका वडा नम्बर २का स्थानीयगोपालगिरी उप-महानगरपालिकाले नालानिर्माणमा चरम लापरबाही गरेको बताउँछन् । ॅनाला सहि ढंगले बनाइएको छैन,’ गिरीले भने, ॅनालानामको मात्र रहेको छ । पानी नै निकास नहुने नाला के काम ।’
त्यस्तै अर्का न्यूरोडवासी विनोद अग्रहरी पनिदीर्गकालीनरुपमा न्यूरोडको नाला नबनेको बताउँछन् ।
न्यूरोड सेतुविकचोकको दक्षिण पट्टी, बागेश्वरी फिलिमहलको पूर्वपट्टी विगततीनवर्षदेखि ढल निकासकालागिबनाइएको नाला जिणर् हुँदाआवातजावतमा समस्याहुने गरेको देखिन्थ्यो । सो स्थानमा वर्षात बाहेक अन्य समयमापनिपानीजमेको देखिन्थ्यो । जसको मुख्यकाराण सो स्थानाको ढल पानीनिकास हुने ठाउँनै नहुनु हो ।
स्थानीयले लामो समयदेखिविरोध गरेपछि हाल सो स्थानलाई पुनर्निर्माण गरिँदै छ । तर फेरि पुरानै संरचनामा । जसकाकारण पुरानै अवस्था सृजनाहुने निश्चित देखिन्छ ।
स्थानीयगिरी यो नालाबनाएर बजेट सक्नुभन्दा पुरानै अवस्थामा छाड्न बेस रहेको बताउँछन् ।
उक्तनालापुनर्निर्माणका लागिनगरपालिकाले एक लाख रुपैयाँखर्च गर्दैछ । मुख्य सडकको नालापुनः ४० मिटरको चौडाईमाबनाइँदै छ । जुनदीर्घकालीननभएकोे अग्रहरीले बताए ।
अग्रहरी भन्छन्, ‘यो नालाबनाएर केहीफाइदा छैन् । ठेकेदारले नालानिर्माण गरेर ढलान गर्दिन्छ । अनियसलाई कसरी सफागर्ने फेरी भत्काउनु पर्ने अवस्था आउँछ ।’
न्यूरोडवासीले सो नालानिर्माणमा विरोध जनाइ रहेका छन् । सोमबार पनि स्थानीयले नालाको चौडाईलाई बढाउननिर्माण ठेकेदारलाई दबाददिए । तर नेपालगन्जउप-महानगरपालिकाभने बजेट नभएको बताउँदै आएको छ भने वडा नम्बर ४ उप-महानगरपालिकाको बजेट भन्दै पन्छिन खोजेको स्थानीयले बताए ।
न्यूरोडमा रहेको ढल निकास नालानिर्माणमा सबैभन्दा ठूलो समस्याभनेकै नालाको चौडाई कमहुनुहो । जसकाकारण नालालाई सफागर्न मिल्दैन ।
उसोत न्यूरोडमा निर्माण गरिएकानालामा ढक्कन नै छैनन् । अधिकांश न्यूरोडका ढल नालामाथि ढलान गरिएको छ । जसकाकारण नाला सफाइगर्न मिल्दैन ।
न्यूरोडका नालालाई प्रभावकारी बनाउनअबनिर्माणगरिने ढल नालाको चौडाई बढाउनु पर्ने र सबै नालामा ढक्कनको व्यवस्थागर्नु पर्ने न्यूरोडवासी बताउँछन् ।