भानु जयन्तीमा शालिक बनाउनेलाई सम्मान
Wednesday, July 13th, 2022, 7:59 pm
Kalpristha
बुधबार २०९औं भानु जयन्तीको अवसरमा नेपालगन्जको न्युरोडस्थित भानुचोकमा रहेको आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरिएको छ । साथै सो अवसरमा उत्त शालिक निर्माण तथा व्यवस्थापन गर्ने व्यक्तिहरुलाई पनि सम्मान गरिएको छ ।
भेरी साहित्य समाज केन्द्रिय समिति र भानुभक्त चोक संरक्षक तथा व्यवस्था समितिको संयुक्त आयोजनामा भानुभक्त चोकमा भानु जयन्ती मनाइएको हो ।
सो कार्यक्रममा भानुभक्त शालिक व्यवस्थापन तथा संरक्षण समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ, शालिक निर्माण गर्ने लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीका निवर्तमान अध्यक्ष शिवप्रसाद दाहाल, लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीलाई सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको छ । साथै भानुभक्त शालिक व्यवस्थापन तथा संरक्षण समितिले पनि लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीलाई सम्मान गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव सनत रेग्मी, महेन्द्र बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख गोपाल अधिकारीलगयतले दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरेका थिए ।
सो अवसरमा समाजका केन्द्रीय अध्यक्ष हरि तिमिल्सैना, केन्द्रीय उपाध्यक्ष चरित्रा शाह, जिल्ला अध्यक्ष बोधराज प्याकुरेल लगायतले नेपाली साहित्यमा भानुभक्तको योगदानबारे कविता र मन्तव्य दिएका थिए ।