दोहोरो अंकले बढ्यो नेप्से
Thursday, July 14th, 2022, 9:08 pm
Kalpristha
बिहीबार नेप्से परिसूचक १४.७१ अंकले बढेको छ । केही दिनयता सेयर बजार दिनहुँ बढ्दो छ ।
अघिल्लो दिन समेत नेप्से परिसूचक ५९.५४ अंकले बढेको थियो ।
नेप्से बढेसँगै कारोबार रकम बढेको छ । २२० किसिमका धितोपत्र तथा ऋणपत्रको ६२ लाख १० हजार ९०८ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन कारोबार रकम दुई अर्ब ४ करोड ४४ लाख ४३ हजार रुपैयाँ कायम थियो ।
कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये १४१ वटाको मूल्य बढेको छ भने जम्मा ६२ वटाको मूल्य घटेको छ । एनआइबिएल प्रगति फन्डको सबैभन्दा धेरै ९.९८ प्रतिशतले मूल्य बढेको छ ।
यसपछि प्रभु सेलेक्ट फन्डको ७.९७ प्रतिशत र अपर तामाकोशी हाइड्रोपावरको ७.१४ प्रतिशतले मूल्य बढेको छ ।
त्यसैगरी, बिहीबार सबैभन्दा धेरै प्रुडेन्सियल इन्स्योरेन्सको ५.०१ प्रतिशतले मूल्य घटेको छ ।
कारोबारमा आएका १३ उपसमूहहरू सबैको मूल्य बढेको छ । तीमध्ये पनि सबैभन्दा धेरै हाइड्रोपावरको २.०४ प्रतिशत, फाइनान्सको १.६१ प्रतिशत र माइक्रोफाइनान्सको १.२८ प्रतिशतले मूल्य बढेको हो ।
कारोबार रकमको आधारमा सबैभन्दा धेरै एनआइसी एशिया बैंकको ३० करोड १८ लाख ८६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
यसपछि अपर तामाकोशी हाइड्रोपावरको १४ करोड १३ लाख ८१ हजार रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ८ करोड ४६ लाख ५८ हजार रुपैयाँ, शिवम सिमेन्टको ८ करोड ३९ लाख ७१ हजार रुपैयाँ र हिमालयन डिस्टिलरीको ६ करोड ६४ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ ।
साभार-सेतोपाटी