अनुमतिका कारण पहाडी क्षेत्रको हवाई सेवा प्रभावित
Sunday, July 17th, 2022, 6:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ साउन
समयमा अनुमति नलिएका कारण नेपालगन्ज विमानस्थलबाट पहाडी जिल्लाको लागि उडान भर्ने कुनै पनि विमानले आइतबार उडन सकेनन् । यसअघि नेपालगन्ज विमान स्थल स्थित नागरिक उडडयन कार्यालयबाट उडान अनुमति लिन पाउने व्यवस्था थियो । तर एक महिना अघि नागरिक उडडयन कार्यालयले राजधानी काठमाडौं केन्द्रिय कार्यालयबाटै सबैलाई उडान अनुमति लिन नयाँ नियम बनाएको थियो ।
कार्यालयले जारी गरेको सुचना अनुसार साउन १ देखी काठमाडौंबाट उडान अनुमति लिनु पर्ने थियो । तर समयमा अनुमति नलिएका कारण तारा एयर, समिट र सीता एयरका विमानले आइतबार उडान भर्न सकेनन । सम्बत तीन दिन पछि उडान अनुमति पाउन सक्नेछन ।
सीता एयरका नेपालगन्ज स्थित शाखा प्रमुख राजिव शर्माका अनुसार सोमबार उडान अनुमतिको लागि निवेदन दिएपछि मंगलबार देखी अनुमति पाउने सम्भावना छ ।
उडान अनुमति लिनको लागि एक दिन अघि निवेदन दिनु पर्ने हुन्छ । त्यसपछि नागरिक उडडयन कार्यालयले आवश्यक अनुसन्धान गरेर उडान तालिक सम्बन्धित एयरलायन्सलाई दिने गर्छ ।
नागरिक उडडयन कार्यालय नेपालगन्ज कार्यालयका प्रमुख सुवास झाले समयमै उडान अनुमति नलिएका कारण केहि एयरलायन्सले आइतबार उडान भर्न नपाएको बताए । उनले भने, ‘प्राय पहाडी जिल्लाको आज तालिका थिएन । जसका कारण उडान हुन सकेन । पहिले हामीले नेपालगन्जबाटैं यहाँबाट उडान भर्ने विमानहरुलाई तालिका दिने गरेको थियौं । अब काठमाडौंबाट दिने गरेको छ । एयरलायन्सहरुले समयमै तालिकाको लागि निवेदन नदिएका कारण समस्या भएको हो ।’