प्रादेशिक चिकित्सालयलाई ५० शै्याको बनाइने
Sunday, July 17th, 2022, 9:12 pm
Kalpristha
दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिका–१८ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयलाई ५० शै्याको बनाइने भएको छ । प्रदेशिक आयुर्वेद चिकित्सालय अनुगमनका क्रममा पुगेका लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित गारुले अस्पतालको स्तारोन्नति गरिने बताए ।
मन्त्री थारुले चिकित्सालयलाई ५० शै्याको बनाउन लुम्बिनी प्रदेश सरकारबाट बजेटसमेत विनियोजन भएको बताए । उनले प्रादेशिक आयुर्वेदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण र औजार खरिदका लागि बजेट अस्पताललाई आएको बताएका हुन् ।
मन्त्री चौधरीले आयुर्वेद चिकित्सा पद्धति घरको भान्साबाटै सुरु हुने भन्दै यो नागरिकलाई बुझाउन आवश्यक रहेको बताए । उनले भने, ‘आयुर्वेद उपचार घरको भान्साबाटै सुरु हुन्छ । त्यसलाई हामीले नागरिक समक्ष बुझाउन आवश्यक छ ।’
आयुर्वेद उपचार पद्धतिबाट उपचार गर्दा त्यसको प्रभाव लामो समयपछि मात्रै देखिने भन्दै बिरामीले झट्टै सञ्चो हुने खालको उपचार पद्धति खोजेकाले आयुर्वेदलाई पनि झट्टै सञ्चो हुने औषधि तयार गर्नुपर्ने बताए ।
साथै गाउँ–गाउँमा रहेका वैद्यहरुको अभिलेख संकलन गरेर उनीहरुको अनुभवजन्य, व्यहारिकजन्य कुरालाई पनि उपचारसँग जोड्नुपर्ने मन्त्री चौधरीले बताए । त्यसका लागि वैद्यहरुलाई तालिम प्रदान गर्नेसमेत प्रदेश मन्त्रालयको तयारी रहेको उनले जानकारी दिए ।
सो अवसरमा अस्पतालका निमित्त निर्देशक डा. सन्तोष कुमार ठाकुरले स्वास्थ्य संस्था संचालन मापदण्डमा रहेर ५० शै्याको स्तरोन्नतिको काम गर्ने बताए । हाल चिकित्सालयमा दैनिक ५० देखि एक सयको हाराहारीमा बिरामीहमरुले सेवा लिने गरेको उनको भनाइ थियो ।
त्यस अवसरमा चिकित्सालय विकास समितिका अध्यक्ष कृष्णबहादुर बस्नेतले ४ जना चिकित्सकहरुको दरबन्दी रहेको भए पनि ३ जना मात्रै कार्यरत रहेको जानकारी गराएका थिए । अस्पतालमा हाल पञ्चकर्मा, क्षारशुत्र, सल्ले, फिजियोथेरापी, ल्याब, एक्सरे, अल्ट्रासाउन्डलगायतका सेवा सञ्चालनमा छन् ।
चिकित्सालयको आफ्नै फार्मेसी भएकाले आयुर्वेद औषधिमा १५ देखि २० प्रतिशत छुट हुने गरेको छ । एउटा बिरामीले ३÷४ थरी औषधि निःशुल्क पाउने गरेका छन् । अस्पतालमा दर्ता शूल्क पनि नलिने तथा सस्तोमा उपचार हुने भएपछि बिरामीको आकर्षण बढेको हो ।
आयुर्वेद उपचार पद्धतिका आफ्नै विशेषता भएकाले पनि अहिले प्रदेशका विभिन्न जिल्लाबाट उपचारका लागि बिरामी दाङ आउने गरेका छन् ।