१५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध
Sunday, July 17th, 2022, 9:35 pm
Kalpristha
आइतबारदेखि १५० सिसी भन्दा बढी क्षमताका मोटरसाइकल आयातमा प्रतिवन्ध लागेको छ ।
सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गर्दै १५० सिसी भन्दा बढी क्षमताका मोटरसाइकल आयातामा प्रतिवन्ध लगाएको हो ।
भदौं १४ गतेसम्म लाग्ने मोटरसाइकलआयातमा थप कडाई गरिएको छ ।
यसअघि वैशाख १४ गतेदेखि लगाइएको प्रतिबन्ध असार मसान्तसम्म तोकिएको थियो ।
यसअघि २५० सीसीसम्मका मोटरसाइकल आयात गर्न दिइएको भए पनि यसपटक १५० सीसी माथिका सबै मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाइएको हो ।
सरकारले पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यानमा लगाएको प्रतिबन्धलाई पनि निरन्तरता दिएको छ ।
गाडीको साथै सबै किसिमका कुरकुरे, कुर्मुरे जस्ता खाध्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन, सबै किसिमका तयारी मदिरा, हिरा, ३०० डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा प्रतिबन्ध लगाएको हो ।
अब ३ सय डलर माथिको मोबाइल आयात गर्न नपाइने
अब ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्ट मोबाइल फोन आयात गर्न नपाइने भएको छ ।
सरकारले गत वैशाख १३ गतेदेखि लगाएको आयात प्रतिबन्धको अवधि भदौं १४ गतेसम्म र्पुयाउँदै मोबाइल आयातमा थप कडाई गरेको हो ।
सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित भदौं १४ गतेसम्म पुर्याउने निर्णय गरेको हो ।
यसअघि वैशाख १३ गतेदेखि प्रतिबन्ध लगाउँदा ६ सय डलससम्मका स्मार्टफोन आयात गर्न पाइने थियो । अहिले यसलाई परिमार्जन गरेर ३ सय डलर बनाइएको हो ।
साभार : सेतोपाटी